default_image

6 years ago

October 10, 2018

चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले जितको लागि रनको लक्ष्य पाएको छ । पहिलो ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा अलआउट हुनुअघि २६ रन जोडेको हो ।

चीनका लागि ओपनर होङ यानले सर्वाधिक ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनका ८ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालले ९ रन एक्स्ट्रा दिएको थियो । नेपालका लागि ललित नारायण राजवंशी, सन्दीप लामिछाने र वसन्त रेग्मीले  ३-३ विकेट लिए ।

नेपालले खेलको दोस्रो ओभरमा पहिलो सफलता हात पारेको थियो । ६ रनको स्थितिमा ललित नारायण राजवंशीले सनलाई बोल्ड गरेका थिए । त्यसपछि सन्दिप लामिछानेले सातौं ओभरको दोस्रो र तेस्रो बलमा विकेट झारे । दोस्रो विकेटका लागि १५ रनको साझेदारी भएको थियो ।

आठौं ओभरमा वसन्त रेग्मीले २ विकेट लिएपछि चीन समस्यामा पारेको थियो । रेग्मीले सर्वाधिक ११ रन जोडेका यानलाई कप्तान ज्ञानेन्द्र मल्लको हात बाट क्याचआउट गराए । त्यसपछि नवौं ओभरमा सन्दीपले एचटि लीलाई शून्यमा बोल्ड गरे ।

दशौं ओभरमा वसन्तले वाईएफ झूलाई गोल्डेन डकआउट गराए । उनैले १२ औं ओभरमा य वाङलाई स्टम्पिङ आउट गराएका थिए । ललितले १३ औं ओभरमा डीजेड मालाई ५ रनमा क्याच आउट गराए । शी यू पनि ललितको बलमा बोल्ड भए ।

September 21, 2024

विशाल लक्ष्य पछ्याउँदै बंगलादेश

एजेन्सी – शुभमन गिल र रिषभ पन्तको शतक सहयोगमा भारतले बंगलादेशलाई पहिलो टेस्टको विशाल लक्ष्य दिएको छ । दुई टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । चेन्नईमा जारी टेस्टमा भारतले बंगलादेशलाई जितका लागि ५ सय १५ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले ४ विकेटमा २ सय ८७ रन बनाउँदै इनिङ समाप्तीको […]

September 21, 2024

चापाकोटमा वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

सुनिल न्यौपाने,स्याङ्जा स्याङ्जाको चापाकोट नगरपालिकामा यसै महिना वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ।  चापाकोट नगरपालिकाको संरक्षण र श्री सामुदायिक बालचेतना सामुदायिक कार्यक्रम चापाकोट १० स्याङ्जाको आयोजनामा प्रतियोगितामा असोज १८ गते सुरु हुने बताइएको छ। प्रतियोगिताका संयोजक सागर पंगेनीले वडा भित्र सदभाव बढाउनुका साथमा क्रिकेट खेलको विकास र खेलप्रति आकर्षक प्रतियोगिता आयोजना गर्न लागेको बताए। चापाकोट ९ सुन्तलीटारस्थित […]

September 21, 2024

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानलाई एतिहासिक सफलता

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ । अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो […]

Success

Thank you for your time.