6 years ago
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी टि-२० विश्वकप एसिया छनोटको पाँचौ खेलमा चीनको सामना गर्दैछ । टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीको कप्तानी आज ज्ञानेन्द्र मल्लले गर्दैछन् ।
नियमित कप्तान पारस खड्कालाई विश्राम दिएपछि ज्ञानेन्द्रले टोलीको जिम्मेवारी सम्हालेका हुन् । टोलीमा प्रारम्भिक ब्याट्सम्यान प्रदिप ऐरी र विनोद भण्डारी नै छन् । अनिलकुमार साह, आरीफ शेख, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी पनि टोलीमा छन् ।
बलरमा ललितसिंह भण्डारी, सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित नारायण राजवंशी छन् । करण केसी र सोमपाल कामीलाई पनि विश्राम दिइएको छ । नेपाल लगातार पाँचौ जित हासिल गर्ने लक्ष्यमा छ भने चीन अंकको खाता खोल्न आतुर छ ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]