6 years ago
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोट अन्तर्गत नेपालले आज चीनको सामना गर्दैछ । लिग चरणको पाँचौ खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ ।
नेपालले यसअघिका चारै खेल सहजै जित दर्ता गरेको थियो । शीर्ष स्थानमा रहेको नेपाल ४ खेलमा ८ अंक छ । चीनले भने सबै खेलमा भारी अन्तरको पराजय भोगेको छ । चीन प्रतियोगिताको दोस्रो चरणमा पुग्ने सम्भावना पनि समाप्त भइसकेको छ । यस्तो अवस्थामा नेपाल, सिंगापुर र मलेसिया अर्को चरणमा पुग्ने सम्भावना प्रबल छ ।
चीनको यसअघि खेलका नतिजा :
चीन ३५/९ (२० ओभर) विरुद्ध थाइल्याण्ड ३६/० (२.४ ओभर)
चीन ४५/१० विरुद्ध भुटान ४७/१ (३.५ ओभर)
चीन २६/१० विरुद्ध सिंगापुर ३०/० (२.३ ओभर)
चीन ४८/१० विरुद्ध म्यानमार ४९/२ (७.५ ओभर)
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]