6 years ago
October 9, 2018
एजेन्सी – अस्ट्रेलियाविरुद्ध पहिलो टेस्टको तेस्रो दिनको खेल सकिदा पाकिस्तानको दवदबा कायमै रहेको छ । पहिलो इनिङ्समा अस्ट्रेलियाले २ सय २ रन मात्र बनाउन सक्यो ।
तेस्रोदिन ओपनर आरोन फिन्च र उस्मान खवाजाले १ सय ४२ रनको साझेदारी गर्दै अस्टेलियालाई बलियो स्थितीमा पुर्याउने प्रयास गरेका थिए । तर फिन्च ब्यक्तिगत ६२ रनमा पेभिलिएन फर्किएपछि अस्ट्रेलियाको विकेट पतन सुरु भएको थियो । फिन्च आउट भएसँगै निरन्तर विकेट गुमाएपछि अस्ट्रेलिया सस्तैमा समेटीएको हो । कुनै समय १ सय ४२ रनमा १ विकेट गुमाएको अस्ट्रेलियाले अन्य ३२ ओभरमा ९ विकेट गुमाउदैँ २ सय २ रनमै अल आउट भयो ।
फिन्चले१ सय ६१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै उक्त रन बनाएका हुन् । त्यस्तै अर्का ओपनर खवाजाले १ सय ७५ बलमा ८ चौका प्रहार गर्दै ८५ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले सम्झन योग्य पर्दशन गर्न सकेनन् । अस्टेलियाका ४ जना ब्याटम्यानले खाता सम्म खोल्न सकेनन् । अस्ट्रेलियाका ओपनर बाहेक अन्य कुनै पनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । अस्टे«लियालाई पहिलो इनिङ्समा सस्तैमा समेट्न पाकिस्तानका विलाल आसिफले ६ तथा मोहमम्द अब्बासले ४ विकेट लिए ।
दोस्रो इनिङ्स थालेको पाकिस्तानले खराव प्रर्दशन गरेको छ । तेस्रो दिनको अन्तिम शेसनमा ब्याटिङ गरेको पाकिस्तान १६.२ ओभरमा ४५–३ को स्थितिमा रहेको छ । पहिलो इनिङ्समा शतक प्रहार गरेका मोहमम्द हफिज १७ रनमा आउट हुदाँ बिलाल आसिफले खाता सम्म खोल्न सकेनन् । तेस्रो दिनको अन्तिम बलमा आउट भएका अजर अलीले ४ रन जोड्न सके । क्रिजमा इमाम उल हक २३ रनमा नट आउट रहेका छन् ।
तेस्रो
दिनको खेल सकिदा पाकिस्तनले सम्रगमा ३ सय २५ रनको अग्रता लिएको छ । पाकिस्तान पहिलो इनिङमा ४ सय ८२ रनमा अल आउट भएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]