6 years ago
October 9, 2018
काठमाडौँ – आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट बी को पाँचौ खेलमा नेपालले बुधबार(भोली) चीनसँग खेल्ने छ । खेल नेपाली समय अनुसार विहान ७ : ४५ बाट बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुने छ ।
जारी प्रतियोगितामा नेपाल सबै भन्दा बलियो टोली हो भने चीन सबै भन्दा कमजोर टोली हो । पुरुष क्रिकेटको इतिहासमा चीन र नेपाल पहिलो पटक भिड्न लागेका हुन् । महिला क्रिकेटमा भने चीन र नेपाल खेली सकेका छन् । जारी प्रतियोगितामा नेपाल चार खेलमा चारमा जितका साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० र चौथो खेलमा भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यता प्रतियोगिताको सबै भन्दा कमजोर टोली चीन ४ खेलमा ४ मा नै पराजित हुदै अंक तालिको पुछारमा रहेको छ ।
चीन पहिलो खेलमा थाइल्यान्डसँग १०, दोस्रो खेलमा भुटानसँग ९, सिंगापुरसँग १० र म्यानमारसँग ८ विकेटले पराजित हुदैँ प्रतियोगिताबाट बाहिरि सकेको छ । अब नेपाल र मलेसियासँगको खेल चीनको लागि प्रतिष्ठाको लडाई मात्र हुने छ । त्यस्तै नेपालले अन्तिम खेल आगमी अक्टोबर १२ मा सिंगापुरसँग खेल्ने छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]