default_image

6 years ago

October 9, 2018

नेपालको शानदार जित, भुटान ३३ रनमा अलआउट !

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ । ब्याटिङमा प्रदिप ऐरिको शानदार प्रदर्शन र बलिङमा स्पिन बलरहरु चम्केपछि नेपालले सहज जित दर्ता गरेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७ औं ओभरमा ३३ रन जोड्दै अलआउट भएको थियो । ललित नारायण राजवंशीले इनिङसको दोस्रो र तेस्रो बलमा विकेट लिंदै नेपाललाई शानदार सुरुवात दिलाएका थिए । विकेट मेडनबाट सुरु भएको नेपालको बलिङलाई सन्दीपले निरन्तरता दिए । उनले चौथो ओभरमा दुई विकेट लिए ।

सन्दीप र ललितले सुरुवाती ८ ओभर बलिङ गर्दै ११ रन खर्चेर ६ विकेट हात पारेका थिए । सन्दीपले ४ ओभरमा २ मेडनसहित ६ रन दिंदै ३ विकेट लिए । ललितले ४ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट नै हात पारे ।

भुटानको इनिङसमा सर्वाधिक स्कोर बनाएका तेन्जिङ वाङचुक जुनियरले ११ रन जोड्नेक्रममा २ चौका प्रहार गरे । नेपालका लागि वसन्त रेग्मीले २ तथा दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरले १-१ विकेट हात पारे । भुटानका ४ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको थियो  । नेपालका लागि ओपनर प्रदिप ऐरीले नटआउट ७५ रन जोडे । उनले ६८ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे ।

इनिङसको तेस्रो बलमा विनोद भण्डारीलाई गोल्डेन डकमा गुमाएको नेपालको खराब सुरुआत गरेको थियो । प्रदिप र अनिल साहले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । अनिलले २१ बलमा २ चौका र १ छक्काको मदतले २७ रन जोडे ।

मध्यक्रममा आरिफ शेखले १५ बलमा १३ रनको योगदान दिए । दिपेन्द्र १० बलमा २ चौकासहित १५ रन जोड्दै आउट भए । करण केसीले ५ बलको सामना गर्दै १ छक्कसहित नटआउट ११ रन प्रहार गरे । भुटानका लागि संजिवन, रमेश लिम्बू, जिग्मे सिंगे र थिन्ले जाम्सोले १-१ विकेट हात पारे ।

यस जितसँगै नेपाल लगातार ४ खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले बुधबार हुने खेलमा चीन र शुक्रबार अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ ।

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

March 8, 2025

इन्डो- नेपाल टि ट्वान्टी क्रिकेट- थन्डर सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]

March 8, 2025

नेपाल नामिबियासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]

Success

Thank you for your time.