6 years ago
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रदिप ऐरीले भुटानविरुद्ध जारी आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा अर्धशतक पूरा गरेका छन् । १३ ओभरको खेल सकिंदा नेपाल ९१-२ को स्थितिमा छ ।
ओपनर विनोद भण्डारी पहिलो बलमा पेभेलियन फर्केपछि समस्यामा परेको नेपाली टोलीलाई प्रदिपले अर्धशतक प्रहार गर्दै उद्दार गरेका छन् । उनले ४९ बलमा अर्धशतक प्रहार गरेका हुन् । प्रदिपले ४ चौका र २ छक्का प्रहर गरे ।
११ औं ओभरमा अनिल साह २७ रन जोड्दै आउट भए । अनिल र प्रदिपले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । अहिले क्रिजमा आरिफ शेख ४ रनमा ब्याटिङ गर्दै छन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]