default_image

6 years ago

October 9, 2018

अनिल र प्रदिप नेपाललाई सम्हाल्दै

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानविरुद्ध जारी आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले आक्रामक ब्याटिङ गर्दैछ ।

भुटानले टस जितेर फिल्डीङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । नेपालको परम्परागत ओपनरको समस्याले निरन्तरता पाउँदा फेरीपनि सुरुआती जोडी तेस्रो बलमा नै टुटेको थियो । ओपनर विनोद भण्डारी तेस्रो बलमा क्याचआउट हुँदै पेभेलियन फर्केका थिए ।

नेपालका लागि अहिले क्रिजमा अनिल साह र प्रदिप ऐरी ब्याटिङ गरिरहेका छन् । नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाएर ६६ रन जोडेको छ । अनिल १८ बलमा १ चौका र १ छक्कासहित २२ रन जोडेका छन् । प्रदिप ४२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा छन् । यी दुइले ६० रनको साझेदारी गरिसकेका छन् ।

नेपालको प्लेइङ ११ :

विनोद भण्डारी, प्रदीप ऐरी, अनिल साह, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, पारस खड्का, वसन्त रेग्मी, करण केसी, शरद भेषावकर, सन्दीप लामिछाने, ललितनारायण राजवंशी

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.