6 years ago
October 8, 2018
दुबई (एजेन्सी) – मध्यक्रमका ब्याट्सम्यान हरिस सोहेलले दोस्रो दिन शतक बनाएपछि अस्ट्रेलियाविरुद्ध जारी पहिलो टेस्टको दोस्रो दिन पाकिस्तान बलियो स्थितिमा पुगेको छ । पाकिस्तान पहिलो इनिङसमा ४ सय ८२ रन अलआउट भयो ।
दोस्रो दिन पाकिस्तानको ब्याटिङ सम्हाल्ने क्रममा सोहेलले १ सय १० रनको उत्कृष्ट इनिङस खेले । २ सय ४० बलको सामना गर्दै उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए । सोहेल्ले असद शफिकसँग मिलेर पाँचौ विकेटका लागि १ सय ५० रनको साझेदारी गरे । सफिकले पनि ८० रनको योगदान दिए । उनले १ सय ६५ बलको सामना गर्दै ९ चौका र १ छक्का हाने ।
तल्लोक्रममा भने पाकिस्तानको ब्याटिङ अपेक्षित हुन सकेन । बाबर आजम ४ रन जोड्दै आउट हुँदा कप्तान सरफराज अहमद १५ रनमा पेभेलियन फर्किए । बिलाल आसिफ १२ र यासिर साह ३ रनमा आउट भए । अस्ट्रेलियाका लागि पिटर सिडलले ३ विकेट लिएका थिए । नाथन लायनले २ तथा मिचेल स्टार्क, जोन होल्याण्ड र मार्नस लाबुसकाग्नेले १-१ विकेट हात पारे ।
अस्ट्रेलियाले दोस्रो दिनको अन्त्यतिर आफ्नो पहिलो इनिङसको १३ ओभर खेल्यो । टोली ३०-० को स्थितिमा रहँदा खेल समापन भएको थियो । ओपनरद्वय उस्मान खवाजा १७ र आरोन फिन्च १३ रनमा खेलिरहेका छन् । यो फिन्चको पहिलो टेस्ट हो । अस्ट्रेलिया अझैपनि पाकिस्तानभन्दा ४ सय ५२ रनले पछाडी छ ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]