6 years ago
October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य पोखरा अबको केहि दिनमा क्रिकेटको लागि पनि गन्तव्य बन्दैछ । पछिल्लो समय निकै लोकप्रिय रहेको क्रिकेट अब पोखरेली समर्थकमाझ अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लिएर उपस्थित हुँदैछ ।
क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यहि कार्तिक ९ गतेदेखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरास्थित पोखरा रंगशालाको क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताले सोमबारै मात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को आधिकारिक मान्यता पनि पाएको छ । प्रतियोगिताका लागि विभिन्न तयारीका कार्य अन्तिम चरणमा पुगिसकेका छन् । प्रतियोगिताअघि गरिनुपर्ने अधिकांश कार्यक्रम त सम्पन्न नै भइसकेका छन् । अब पर्खाइ छ त बस् आयोजनाको ।
प्रतियोगितामा सहभागी हुने ६ फ्रेनचाइज टोलीले मार्की खेलाडी घोषणा गर्दै अक्सनमार्फत टोली छनोटको कार्य पनि सम्पन्न गरिसकेका छन् । मार्की खेलाडीको उपस्थितिमै यसअघि भएको अक्सनमा सबै टोलीले कम्तिमा १० नेपाली खेलाडी छनोट गरिसकेका छन् । स्थानीय खेलाडी र विदेशी खेलाडी केहि दिनमा तय हुने छन् । केहि टोलीले भने त्यसको टुङ्गो पनि लगाईसकेका छन् ।
आयोजकले रंगशालाको मैदान तयारी विगत तीन महिनाअगाडी देखि सुरु गरेको थियो । स्थानीय सरोकारवालाहरुसँग पनि समन्वय गरेर कार्यक्रम अगाडी बढाईएको हो । दशैं लगत्तै सुरु हुने प्रतियोगिताले धेरै पोखरेली समर्थकहरुको मन जित्ने आँकलन छ । पर्वको माहोल भएकाले बाह्य तथा अन्तरिक पर्यटकका लागि पनि पीपीएल पोखरा घुम्न जाने एक कारक बन्न सक्छ ।
विदेशी खेलाडीको आबद्धताले खेलाडी र खेलको स्तर बढाउन सहयोग त पुग्छ नै, दर्शकहरुलाई पनि थप मनोरंजन मिल्नेछ । प्रतियोगिताको नियममा स्थानीय खेलाडी आवश्यक रहेको प्रावधानले स्थानीय दर्शकलाई थप रोमान्च मिल्नेछ । यसअघि पोखरामा स्थानीय स्तरमा माछापुच्छ्रे प्रिमिअर लिग आयोजना भइसकेको छ । पीपीएल पोखरेली क्रिकेटको विकासमा अर्को कोशेढुंगा बन्न सक्छ ।
क्रिकेटको भरपुर आनन्दसँगै प्रकृतिको मनोरम दृश्यले पोखरा प्रिमियर लिगलाई विशेष बनाएको छ । पोखरा क्रिकेटका लागि खासै प्रख्यात सहर होइन । तर पीपीएलको आगमनले केहि हदसम्म पोखरालाई सघाउ भने पुग्नेछ । क्रिकेटले पोखराको प्रकृतिको साथ पाउनेछ भने पोखराले पीपीएलको माध्यमबाट क्रिकेटको प्रबर्द्धनमा सहयोग पाउनेछ । हिमालको काखमुनि क्रिकेट खेल्ने दुर्लभ अवसर स्वदेशीसँगै विदेशी खेलाडीले त पाउने नै भए ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]