default_image

6 years ago

October 8, 2018

टि–२० विश्वकप छनोट : भुटानविरुद्ध नजर नयाँ रेकर्डमा

55 views

0 Bookmark

काठमाडौँ – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ चौथो खेलमा मंगलबार नेपालले कमजोर टोली भुटानसँग खेल्दै छ । खेल नेपाली समय विहान ७: ४५ मा युकेएम ओभल क्रिकेट मैदानमा सुरु हुनेछ ।

कमजोर भुटानविरुद्ध उत्रँदा नेपालको उद्देश्य जित भन्दापनि बढि नयाँ रेकर्ड बनाउने नै हुने छ । नेपालको क्लब स्तर भन्दा पनि अझ कमजोर टोली भुटान मैदानमा उत्रँदा टोलीको लक्ष्य सम्मानजक प्रर्दशन गर्ने हुनेछ । प्रतियोगिताको पछिल्लो प्रदर्शन हेर्दा भुटानमाथि नेपालको जित निश्चितप्राय नै छ तर कसरी जित्छ भनेर औपचारिकता मात्र बाँकी रहेको छ । कमजोर भुटानमाथि खेलाडी पनि आफ्नो नाममा नयाँ रेकर्ड बनाउन चाहान्छन् । भुटान नेपालसँग प्रतिस्पर्धा गर्ने भन्दा पनि क्रिकेट सिक्ने सोचका साथ मैदान प्रवेश गर्ने छ ।

जारी प्रतियोगितामा नेपालले बनाएका यी ३ रेकर्ड

कमजोर टोलीमाथि नेपालले हरेक खेलमा नयाँ कीर्तिमान बनाई राखेको छ । पहिलो खेलमा म्यानमारलाई २९ रनमै अल आउट गरेको थियो । जुन टी–२० क्रिकेटमा नेपालले कुनै पनि प्रतिस्पर्धी टोलीलाई रोकेको सबै भन्दा कम योगफल बन्न पुग्यो ।

दोस्रो रेकर्डमा नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गर्न सफल भयो । जुन ट्वान्टी–२० क्रिकेटमा सबै भन्दा फराकिलो जित पनि हो । त्यस्तै सन्दीप लामिछाने टी– २० क्रिकेट करियरकै उत्कृष्ट प्रर्दशन गरि रहेका छन् । हरेक खेलमा नयाँ रेकर्डबनाउने र तोड्ने क्रम जारी छ । ट्वान्टी–२० क्रिकेटमा नेपाल र खेलाडीलाई नयाँ रेकर्ड बनाउने सबै भन्दा ठूलो मौका पनि हो ।

समस्या खराब ओपनिङ ब्याटिङको

पहिलो खेलमा म्यानमारसँग ओपनिङ ब्याटिङ गर्न मैदान उत्रेका विनोद भण्डारी र प्रदिप ऐरीले साझेदारीको खाता नै खोल्न सकेनन्  । ३वर्ष पछि टिममा पुनरागमन गरेका ऐरी खाता नखोली पेभिलिएन फर्किए ।

दोस्रो खेलमा मलेसियाविरुद्ध ऐरीले मौका पाएनन् । ओपनिङ बिनोद र अनिल कुमार शाह गर्न मैदान उत्रेका थिए तर साझेदारी २ रनको मात्र गर्न सके । शाह दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भएका थिए ।

तेस्रो खेलमा अनिल र भण्डारीलेनै पहिलो विकेटको लागि कमजोर थाइल्यान्डविरुद्ध मात्र २८ रनको साझेदारी गर्न सकेका थिए । ओपनिङ जोडी सधैँ कमजोर मानिने नेपाली ब्याटिङमा कमजोर टीमविरुद्ध झनै कमजोर प्रर्दशन गरिरहेका छन् ।

September 21, 2024

विशाल लक्ष्य पछ्याउँदै बंगलादेश

एजेन्सी – शुभमन गिल र रिषभ पन्तको शतक सहयोगमा भारतले बंगलादेशलाई पहिलो टेस्टको विशाल लक्ष्य दिएको छ । दुई टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । चेन्नईमा जारी टेस्टमा भारतले बंगलादेशलाई जितका लागि ५ सय १५ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले ४ विकेटमा २ सय ८७ रन बनाउँदै इनिङ समाप्तीको […]

September 21, 2024

चापाकोटमा वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

सुनिल न्यौपाने,स्याङ्जा स्याङ्जाको चापाकोट नगरपालिकामा यसै महिना वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ।  चापाकोट नगरपालिकाको संरक्षण र श्री सामुदायिक बालचेतना सामुदायिक कार्यक्रम चापाकोट १० स्याङ्जाको आयोजनामा प्रतियोगितामा असोज १८ गते सुरु हुने बताइएको छ। प्रतियोगिताका संयोजक सागर पंगेनीले वडा भित्र सदभाव बढाउनुका साथमा क्रिकेट खेलको विकास र खेलप्रति आकर्षक प्रतियोगिता आयोजना गर्न लागेको बताए। चापाकोट ९ सुन्तलीटारस्थित […]

September 21, 2024

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानलाई एतिहासिक सफलता

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ । अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो […]

Success

Thank you for your time.