default_image

6 years ago

October 8, 2018

पीपीएललाई आइसीसीको मान्यता

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा आयोजनामा हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को मान्यता पाएको छ ।

 

 

पीपीएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले पीपीएललाई आइसीसीबाट मान्यता प्राप्त भएको पत्र प्राप्त भएको जानकारी गराएको छ । अप्रुभल पत्रमा पीपीएल आइसीसीको नियम र कानुनमा आधििरत रहेको र यो प्रतियोगिताले विदेशी खेलाडी पनि राख्न पाउने उल्लेख छ ।

नेपालमा क्रिकेट हेर्ने आधिकारिक निकाय नरहेको अवस्थामा आइसीसीले नै नेपालको सम्पूर्ण गतिविधि हेर्दै आएको छ ।  यसअघिका एभरेस्ट प्रिमियर लिग (इपिएल) र धनगढी प्रिमियर लिग (डिपिएल) ले पनि आइसीसीको मान्यता लिएको थियो ।

पोखरा प्रिमियर लिग कात्तिक ९ गतेबाट २० गतेसम्म सञ्चालन हुदैछ । लिगमा विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछ । पीपीएल टिमले यसअघि टिम मालिक, मार्की खेलाडी र खेलाडी अनुबन्ध गरिसकेको छ । ििवदेशी खेलाडी पनि अनुबन्ध गर्ने प्रक्रियामा क्लबहरु रहेका छन् ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.