6 years ago
October 8, 2018
एजेन्सी – भारत र वेस्ट इन्डिजबीच हुने ५ वान डे श्रृंखलाको लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले १५ सदस्य टोली घोषणा गरेको छ । वेस्ट इन्डिजका अलराउन्डर तथा विस्फोटक ब्याटम्यान काइरोन पोलार्डले टिममा कमब्याक गरेका छन् ।
पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरेपछि टिममा मौका दिएको वेस्ट इन्डिज क्रिकेट बोर्डले जनाएको छ । तर टिममा विश्फोटक ब्याटिङ गर्ने क्रिस गेलको नाम भने अटाएको छैन । १५ सदस्यीय टोलीमा चन्द्रपाल हेमराज, फाबियन आलेन र ओसेन थोमसले पहिलो पटक टिमममा मौका पाएका छन् ।
वान डे खेलमा कप्तानी जोसन होल्डरले गर्ने छन् । भारत र वेस्ट इन्डिजबीच अक्टोबर २१ देखि नोभेम्बर १ सम्म भारतमा श्रृंखला हुने छ । त्यस्तै वेस्ट इन्डीज र भारतबीच ३ टी–२० क्रिकेट श्रृंखला पनि हुने छ ।
यस्तो छ वेस्ट इन्डिजको १५ सदस्य टोली :
जोसन होल्डर ९कप्तान, फेबियन एलेन, सुनील अंबरीश, देवेन्द्र बिशू, चन्द्रपाल हेमराज, शिमरोन हेटमायेर, शाइ होप, अलजारी जोसेफ, एविन लुईस, एशले नर्स, कीमो पाल, रोवमैन पावेल,केमार रोच, मर्लोन सैमुअल्स, ओशाने थामस रहेका छन् ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]