default_image

6 years ago

October 7, 2018

विनोद काठमाडौं किङ्सको ‘क्रिकेट निर्देशक’

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा क्रिकेट टोली (यू १९ ) का प्रशिक्ष्ँक विनोद दास एभरेष्ट प्रिमियर लिग (इपिएल) टोली काठमाडौं किङ्स १२ को क्रिकेट निर्देशक नियुक्त भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका विनोदलाई काठमाडौंले बुधबार क्लबको क्रिकेट निर्देशकको रुपमा एक वर्षको लागि नियुक्त गरेको हो ।

क्लबका प्रमुख कार्यक्रम सञ्चालन अधिकृत (सिओओ) राज जंग थापाले नेपाली क्रिकेटको आइकोनिक खेलाडी तथा प्रशिक्षकलाई क्रिकेट निर्देशकको रुपमा नियुक्त गर्न पाउनु टोलीका लागि गर्वको विषय भएको बताएका छन् ।

विनोदले इपिएलका लागि टोलीको रणनीति र नेपाली क्रिकेटको विकासको लागि सदैव लागि पर्ने बताएका छन् । तेस्रो संस्करणको इपिएल मंसिर २२ गतेबाट ७ पुससम्म राजधानीमा आयोजना हुँदैछ ।

March 17, 2025

आइपिएल रोजेका बोसविरुद्ध पिसिबीको नोटिस

एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

Success

Thank you for your time.