6 years ago
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले आज कमजोर टोली थाइल्यान्डसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १२ : १५ मा बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुने ।
नेपाल प्रतिस्पर्धा गर्ने भन्दा पनि उल्टै क्रिकेट सिकाउने जस्तो टिम हो थाइल्यान्ड ! थाइल्यान्ड र नेपाली क्रिकेटको स्तर आकाश पातलको फरक छ । सोझो अर्थमा भन्ने हो भने थाइल्यान्ड नेपालको क्लव स्तरको टिम भन्दा पनि अझ कमजोर टोली हो । थाइल्यान्डबीरुद्ध नेपाल मैदान उत्रँदा पनि प्रतियोगिताको अन्य प्रतिद्वन्द्वी झैं फराकिलो जित र नयाँ कीर्तिमान बनाउने नै हुने छ ।
इतिहास हेर्ने हो भने थाइल्यान्ड १९९८ मा एसीसी ट्रफी खेल्न नेपाल आएको थियो । तर बर्षाको कारण नेपाल र थाइल्यान्डबीचको खेल रद्ध भएको थियो । त्यस यता यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन् । थाइल्यान्डमाथि नेपालको जित पक्का छ तर कसरी जित्छ भनेर हेर्न मात्र औपचारीकता बाँकी छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पाखा लगाएको नेपालले दोस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो ।
March 17, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]