6 years ago
October 6, 2018
काठमाडौं(हाम्रो खेलकुद)- क्रिकेटको सहर मानिने सुदुरपश्चिम प्रदेशको धनगढीमा तेस्रो संस्करणको निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग (एनएलपिएल) क्रिकेट प्रतियोगिता कात्तिक अन्तिम सातादेखि आयोजना हुने भएको छ ।
आयोजक संस्कार क्रिकेट क्लबले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता कात्तिक २७ गतेबाट मंसिर ५ गतेसम्म हुने जानकारी गराएको हो । लिगमा देशभरका १२ विद्यालयले सहभागिता जनाएका छन् ।
सहभागी टिमका सम्बन्धित विद्यालयले यू–१९ का तर सिनियर टिमबाट प्रतिनिधित्व नगरेका पाँच खेलाडीलाई राख्न पाउने प्रावधान राखेको छ । लिग कम नकआउटका आधारमा हुने लिगमा सहभागी १२ विद्यालयलाई चार समूहमा विभाजन गरिने छ ।
हरेक समुहका शीर्ष दुई टोलीले क्वाटर फाइनलमा स्थान बनाउनेछ । लिगका सबै खेलहरु संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पाउनेछ ।
\दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार पाउनेछ । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदियमान खेलाडीले समान ५–५ हजार प्राप्त गर्नेछ ।
लिगलाई काठमाडौंको निस्ट कलेजल मुख्य प्रयाजन गरेको छ । लिगमा लिटल फ्लावर वोर्डिङ हाई स्कुल, सिद्धार्थ शिसु सदन स्कुल, शारदा मावि धनगढी, सरस्वती मावि गेटा, क्यास्पियन एकेडेमी धनगढी, एवीसी बोर्डिङ स्कुल नेपालगन्ज, कैलाली मोडेल सेकेण्डरी स्कुल, विज्डम एकेडेमी, लिटल बुद्ध एकेडेमी, हिमालय ह्वाईट हाउस वल्र्ड स्कुल, निष्ट स्कुल र मोक्षदा स्कुलले सहभागिता जनाएका छन् ।
March 17, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]