default_image

6 years ago

October 6, 2018

मलेसियामाथि नेपालको सहज जित

72 views

0 Bookmark

एजेन्सी- मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

१ सय १ रनको सामान्य लक्ष्य पक्ष्याएको नेपाल १२ ओभर ४ बलमा २ विकेटको क्षतिमा १ सय १ रन बनाउदै लक्ष्य सहजै पुरा गरेको हो । दोस्रो ओभरमै ओपनर अनिल शाह १ रनमा पेभिलिएन फर्किएपछि तेस्रो नंबरमा ब्याटिङ गर्न आएका कप्तान पारसले आक्रमक अर्ध शतक प्रहार गरेपछि नेपालले सहज जित निकालेको हो । सुरुवाती दुई ओभर सम्म रोकेर ब्याटिङ गरेका पारसले त्यसपछि त पुरै आक्रमक ब्याटिङ गरे । मैदानमा चौका र छक्का बर्षा गर्दिए ।

पारसले ३७ बलमा २ छक्का र ५ चौकार प्रहार गर्दै ५२ रनमा नट आउट रहे । छक्का हान्दै खेल जिताएका ज्ञानेन्द्र मल्लले पनि आक्रमक ब्याटिङ गरे । मल्लले २४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा नट आउट रहे। ओपनर विनोद भण्डारीले पनि १२ रन बनाउन सके । मलेसियाका पवनदिप सिंह र सिजर्रल आइड्रसले समान एक विकेट हात पारे ।

यस अघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुदैँ १ सय रनमा अल आउट भएको थियो । पहलो विकेटको लागि ओपनर सायिद अजिज र शफिक शरिफले ५ ओभरमा ३० रन को साझेदारी गर्दै मलेसियालाई गतिलो सुरुवात दिलाए पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङ सामु निरिह सावित भए । मलेसियाका ओपनर सायिद अजिज १३ र शफिक शरिफले ४९ रन बनाउन बाहेक मलेसियाका कुनै पनि ब्याटम्यानले नेपाली बलर सामु क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तेस्रोविकेटको लागि शरिफ र अमिदले ३९ को साभेदारी गर्दै मलेसियालाई सम्मान जनक स्थितिमा पुर्याउने काम गरेका थिए । कुनै समय ११ ओभर १ बलमा ७५-३ को स्थितिमा रहेको मलेसिया सन्दीपको गुग्लीमा फसेपछि १७ ओभर ३ बलमा ९४-९ को स्थिीतिमा पुगेको थियो । शरिफले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ४९ रनमा आउट भए । शरिफलाई सन्दीपले १२ ओभर ३ बलमा सोमपालको हातबाट क्याच दिदैँ पेभिलिएन फकिएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिदाँ सोमपाल कामीले ३ र खड्काले १ विकेट लिए ।

सन्दीपको नयाँ कीर्तिमान

मलेसियाको ब्याटिङ इनिङ्स ध्वस्तपार्न सन्दीपले एक्लै ५ विकेट लिएका सन्दीपको यो-टी २० क्रिकेटको करियरकै उत्कृष्ट प्रर्दशन समेत बन्यो । साथै नेपालबाट टी-२० क्रिकेटमा एक्लै एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर समेत बन्ने कीर्तिमान राखे । यस अघि बसन्त रेग्मी र शक्ति गौचनले एकै खेलम ४/४ विकेट लिदा ५ विकेट कसैले लिन सकेका थिएनन् । लिस्ट ए मा भने सोमपाल कामी,करण केसी र सन्दीप लामिछानेले एक्कै खेलमा ५/५ विकेट लिएका छन् ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.