6 years ago
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा अायोजकविरूद्ध सोमपाल कामी ह्याटिक गर्न चुकेका छन् ।
बायोमास ओभल क्रिकेट मैदानमा टसमा जितेर पहिला ब्याटिङ गरेको मलेसियाको ११ ओभर १ बलमा अमिद फैजलाई ७ रनमा पेभिलिएन फर्काएका सोमपालले दोस्रो बलमा मोहम्मद सयाहादत ० रनमा आउट गर्दै ह्याटिक नजिक पुगेका थिए । तर तेस्रो बलमा अनवार अरुदीनको विकेट लिन नसक्दा सोमपाल हयाटिक गर्न चुकेका हुन् ।
यो समचार तयार पार्न सम्म मलेसियाले १२ ओभरमा ४ विकेटको क्षतिमा ७८ रन बनाएको छ । उस्का ओपनर शफिक शरिफ ४५ रन बनाई आक्रमक ब्याटिङ गरि रहेको छन् । नेपालका सन्दीप र सोमपालले समान दुई दुई विकेट लिएका हुन् ।
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ । धनगढीमा शनिवार भएको दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५९ रनले हराउँदै एपिएफ समूह ‘ए’ को विजेताको रुपमा सुपर फोरमा पुगेको हो । बाक्लो हुस्सुका कारण ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो । […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको आफ्नो पहिलो खेलमा शनिवार नेपालको ब्याटिङ चलेन। पहिले ब्याटिङ गरेको नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको छ । बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफल तयार गर्यो । नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा सुरु भएको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले बंगलादेशसँगको खेलमा टस हारेको छ । नेपालले बंगलादेशसँग टस हारेर ब्याटिङको निम्तो पाएको छ। विश्व कपमा डेब्यु खेल खेल्दै गरेको नेपाल जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ । नेपालको प्लेइङ-११ सोनी पाख्रिन, किरन कुमारी कुवँर, साना प्रविन, सावित्रा धामी, रिया […]