default_image

6 years ago

October 5, 2018

विश्व टि ट्वन्टी एसिया छनोट : नेपाल र मलेसिया खेल्दै,फ्यानलाई जित भन्दा बढि नयाँ रेकर्डको आशा

85 views

0 Bookmark

क्वालालम्पुर (एजेन्सी) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा शनिबार नेपाल र मलेसिया खेल्दै छन् । खेल नेपाली समय अनुसार बिहान ७ः४५ बाट बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुने छ । मलेसियाले अहिले सम्म नेपाललाई कुनै पनि खेलमा हराउन सकेको छैन ।

उपाधिको एक्लो दाबेदार नेपाललाई जारी प्रतियोगितामा अलि टक्कर दिन सक्ने टोली मलेसिया हो । अन्य सबै टोली नेपालले प्रतिस्पर्धा गर्ने भन्दा पनि क्रिकेट सिकाउने जस्ता रहेका छन् । सन् २०१० मा नेपाल र मलेसिया एउटै स्तरका टोली थिए । यी दुवै डिभिजन ५ मा सँगै खेल्थे । तर पछिल्लो ८ बर्षमा नेपाल र मलेसिया क्रिकेटको रफ्तार आकाश पातलको फरक छ ।

नेपाली क्रिकेटको रफ्तार दिनप्रति दिन बढ्दो छ भने मलेसियाको पुरानै स्तरमा रहेको छ । मलेसिया डिभिजन ४ मै कायम रहँदा नेपालले वा डे मान्यता पाई सकेको छ । तर मलेसियाले एक महिना अघि मलेसियामानै सम्पन्न एसिया कप छनोट प्रतियोगितामा नेपाललाई कडा टक्कर दिएको थियो । पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो ।

फ्यानलाई जित भन्दा बढि कीर्तिमानको आशा
यस प्रतियोगितामा नेपाली क्रिकेट फ्यानले जित भन्दा पनि बढि टी ट्वान्टी क्रिकेटमा नयाँ रेकर्डको आशा राखेका छन् । हरेक टोलीसँग नेपालको जित निश्चत जस्तै छ ।नेपालले कसरी जित्छ भन्ने हेर्न मात्र बाँकी रहेको छ ।

नेपालका क्लब स्तरका भन्दा पनि अझ कमजोर चीन,भुटान, थाइल्यान्डसँग खेल्दा नेपालले टी–२० क्रिकेटमा आफ्नो नाममा रहेका थुप्रै रेकर्ड तोड्ने र नयाँ बनाउने धेरैले आशा गरेका छन् । खेलाडी पनि कमजोर टीम माथि उत्कृष्ट प्रर्दशन गर्दै आफ्नो नाममा नयाँ रेकर्ड बनाउने सोचमा छन् ।

पहिलो खेलमा म्यानमारसँग खेल्दा नेपालले टी–२० क्रिकेटमा दुई नयाँ रेकर्ड बनाएको थियो । पहिलो टी–२० खेलमा कुनै पनि टिमलाई नेपालले सबैभन्दा कम स्कोरमा रोकेको २९ रन बन्न पुगेको थियो ।

दोस्रो टी–२० क्रिकेटमा सबै भन्दा छिटो लक्ष्य पुरा गरेको पनि ३ ओभरमै बन्न पुग्यो । सन्दीप र ललित नारायण राजवंशीले म्यानमार बीरुद्ध आफ्नो करियरकै किफायती र उत्कृष्ट प्रर्दशन गरेका थिए ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.