default_image

6 years ago

October 5, 2018

पहिलो इनिङ्समा भारतको ठूलो स्कोर

53 views

0 Bookmark

एजेन्सी – पहिलो टेस्टको दोस्रो दिन रविन्द्र जडेजाले करियरकै उत्कृष्ट ब्याटिङ गरेपछि भारतले ६४९ –९ को स्थितिमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको छ ।

पहिलो इनिङमा भारतलाई विशाल योगफल तयार गर्न पृथ्वी शा, विराट कोहली र रविन्द्र जडेजाले शतक प्रहार गर्दा ऋषभ पन्त र चेतेश्वर पुजराले अर्धशतक प्रहार गरे । राजकोटमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले दोस्रो दिनको दोस्रो शेशनमा इनिङ समाप्तीको घोषणा गरेको हो ।

शा ले १५४ बलमा १९ चौका प्रहार गर्दै १३४,विराट कोहली २३० बलमा १० चौका प्रहार गर्दै १३९ र १३२ बलमा समान ५ छक्का र चौका प्रहार गर्दै जडेजाले टेस्ट क्रिकेटमा करियरको पहिलो शतक बनाएपछि भारतले विसाल योगफल तयार पारेको हो । भारतका चेतेश्वर पुजरा ८६ र ऋषभ पन्तले ९२ रन प्रहार गरे ।

वेस्टइन्डिजका लागि देवेन्द्र बिशू ४ तथा ,शेरमान लुईस २ विकेट लिए । दोस्रो दिनको अन्तिम तेस्रो शेसनमा जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले खराव सुरुवात गरेको छ ।

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

Success

Thank you for your time.