9 years ago
March 6, 2016
धनगढी, फागुन २३
धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग सिजन–३ अन्तर्गत आइतबार भएको खेलमा क्याम्पसरोड र हसनपुर विजयी भएका छन् ।
धनगढी अञ्चलको प्रहरी खेल मैदानमा आइतबार भएको खेलमा क्याम्पस रोडले अत्तरियालाई १५ रनले तथा हसनपुरले सन्तोषी टोललाई ४८ रनले पराजित गरेको हो ।
क्याम्पस रोडले दिएको १२८ रनको लक्ष्य पछ्याएको अत्तरिया १९.१ ओभरमा सवै विकेट गुमाएर ११५ रनमात्र बनाउँन सक्यो । अत्तरियाका मध्यक्रमका ब्याट्सम्यान नरेश बोहराले ३५ रनको योगदान दिएपनि त्यो जितको लागि पर्याप्त भएन । यस्तै भुवन केसीले १९ रन बाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक स्कोर गर्न नसक्दा अत्तरिया पहिलो खेलमा निराश बन्यो । क्याम्पस रोडका शिवराज ऐरले तीन तथा सागर भण्डारीले २ विकेट हात पारे । त्यस्तै नारायण जोशीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्याम्पस रोडले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रनको मध्यम योगफल बनाएको थियो । सन्तोष भट्टले ३६ बलमा ४४ रनको पारी खेलेपछि क्याम्पसरोडले मध्यम स्कोर बनाएको हो । मध्यक्रमका ब्याट्सम्यान लोकेश बमले १६ र नारायण जोशीले १५ रनको पारी खेले । अत्तरियाका मेहबुब आलमले ३ विकेट विकेट लिए । भुवन केसी तथा नबिन भण्डारीले समान दुई–दुई विकेट लिए । म्यान अफ द म्याच क्याम्पसरोडका सन्तोष भट्टले ५ हजार नगद हात पारे ।
त्यस्तै आइतबारै भएको अर्काे खेलमा हसनपुरले सन्तोषी टोललाई ४८ रनले पराजित ग¥यो । ११२ रनको लक्ष्य पछ्याएको सन्तोषी टोल १७.१ ओभरमा सबै विकेट गुमाएर ६३ रनमा समेटियो । सन्तोषीका ओपनर ब्याट्सम्यान विजय रानाले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन । लिगका सबैभन्दा महँगा खेलाडी राजु रिजाल दुई रनमै पभेलियन फर्किए । हसनपुरका प्रकाश थापाले ४ विकेट लिए । विनोद लामाले ३ तथा अमित पडालले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हसनपुरले १९.२ ओभरमा सबै विकेट गुमाउदै १११ रनको सामान्य योगफल खडा गरेको थियो । हसनपुरका लागि भिम सार्कीले २९ रन तथा प्रकाश थापाले १२ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेन । रोशन अधिकारीले ५ विकेट लिए । अमित बुढाले २ तथा महेश अधिकारी र प्रकाश जंग कार्कीले १ विकेट लिए ।
April 30, 2025
विराटनगर (हाम्रो खेलकुद)- मन मोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता भारतको आसाम क्रिकेट क्लब जित हात पार्न सफल भएको छ। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको सहज नतिजामा हरायो। २ सय १० रनको लक्ष्य पछ्याएको कोशी ३७.२ ओभरमा १ सय १२ रनमा अल आउट हुन पुग्यो। ब्याटिङमा फितलो प्रदर्शन गरेको […]
April 30, 2025
भुपेन्द्र जि.सी. अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो । अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले […]
April 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]