6 years ago
October 4, 2018
राजकोट (एजेन्सी)– १८ बर्षिय पृथ्वी शा ले डेब्यूमै सानदार सतक प्रहार गरेपछि आजबाट राजकोटमा सुरु भएको भारत र वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिनको समाप्तीमा भारत बलियो अस्थितिमा पुगेको छ । अझ चेतेश्वर पुजरा र कप्तान विराट कोहलीले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि पाउना टोली वेस्ट इन्डिजका बलर भारतीय ब्याटम्यान सामु कमजोर सावित भए ।
पहिलो दिनको समाप्तीमा भारत (८९) ओभरमा ३६४–४ को बलियो स्थितिमा छ । शा डेब्यूमै शतक प्रहार गर्ने भारतीय १५ औँ तथा विश्वमा १०६ औँ ब्याटम्यान बनेका छन् । यस अघि भारतका सौरभ गांगुली,सुरेश रैना,रोहित शर्मा,शिखर धवन, विरेन्द्र सहवाग लगाएत अन्य ९ ब्याटम्यानले डेब्यूमै शतक प्रहार गरेका थिए ।
पहिलो दिनको दोस्रो शेसनको ५० ओभर २ बलमा देबेन्द्र बिशूको बलमा आउट हुनु अघि शा ले १ सय ५४ बलमा १९ चौका प्रहार गर्दै १ सय १३४ रनको सानदार इनिङ खेले । दोस्रो विकेटका लागि शा र पुजाराले २ सय ६ रनको साझेदारी गर्दै भारतलाई विसाल योगफल तर्फ डोराउने काम गरे । १३० बलको सामना गरेका पुजराले १४ चौका प्रहार गर्दै ८६ रनमा रनमा आउट भए ।
अजिंका रहाणे ४१ रनमा आउट हुदाँ केएल राहुल डक आउट शिकार बने । कोहली ७२ र ऋषभ पन्त १७ रनमा नट आउट रहेका छन् । पहिलो दिन वेस्ट इन्डिका रोस्टन चेस,शैनन गेब्रियल,शेरमान लुईस र देवेन्द्र बिशू समान एक एक विकेटका लिएका छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]