default_image

6 years ago

October 4, 2018

एभरेस्ट प्रिमियर लिग (इपिएल) को मिति घोषणा, मंसिर चौथो साता देखि हुने

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को मिति घोषणा भएको छ । आयोजक एभरेस्ट प्रिमियर लिग (इपिएल) ले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको इपिएल ८ डिसेम्वर देखि २२ डिसेम्वर अर्थात मंसिर २२ गतेबाट ७ पुससम्म हुन जानकारी गराएको हो ।


इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरले यसपटकको लिग अघिल्लो वर्षको तुलनानमा भव्य हुने बताएका छन् । उनले यसपटक उत्कृष्ट विदेशी खेलाडीसँगै उत्कृष्ट विदेशी प्रशिक्षक ल्याउने समेत बताए ।
यसपटकको इपिएल १५ दिनसम्म चलनेछ । हरेक दिन एक खेल गराउने आयोजकले जनाएको छ । यस प्रतियोगिताको लागि आयोजकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई अप्रुभको लागि आवश्यक सामग्रीहरु पठाइ सकिएको र प्रतियोगिता हुनु अघिसम्म मान्यता पाउनेमा आयोजकले विश्वास लिएको छ ।

पहिलो संस्करणमा पञ्चकधन्य तेज च्याम्पियन बन्दा गतवर्ष नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स च्याम्पियन बनेको थियो ।

फ्रेन्चाइजको आधारमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । सहभागी टिमहरुमा विराटनगर वारियर्स, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, पोखरा राईनोज, भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स ११ छन् ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.