default_image

6 years ago

October 4, 2018

पृथ्वी शा को डेब्यूमै शतक

87 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजविरुद्ध टेस्ट क्रिकेटमा डेब्यू खेल खेलिरहेका १८ वर्षीय भारतीय युवा क्रिकेटर पृथ्वी शाले शतक प्रहार गरेका छन् ।

राजकोटमा पहिलो दिनको दोस्रो शेशनमा शा ले उत्कृष्ट शतक प्रहार गरेका हुन्। उनले ९९ बलमा १५ चौका प्रहार गर्दै डेब्यूमै शतक प्रहार गरेका हुन् । योसँगै शा डेब्यूमै शतक प्रहार गर्ने भारतीय १५ औँ ब्याटम्यान बनेका छन् । यसअघि भारतबाट डेब्यूमै सौरभ गांगुली,सुरेश रैना,रोहित शर्मा,शिखर धवन, विरेन्द्र सहवाग लगाएत अन्य ९ ब्याटम्यानले शतक प्रहार गरेका थिए ।

विश्व टेस्ट क्रिकेटमा डेब्यूमै शतक प्रहार गर्ने शाह १ सय ६ औँ ब्याटम्यान पनि बनेका छन् । शाहको शतकसँगै भारत पहिलो दिनको दोस्रो शेसन चलि रहँदा गर्दै १९३ –१ बनाउदैँ उत्कृष्ट सुरुवात गरेको छ । शाले यू–१९ विश्वकप,आईपीएल र प्रथम श्रेणीको क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरेपछि भारतीय क्रिकेट बोर्ड बीसीसीआईले शा लाई वेस्ट इन्डिजबीरुद्ध मौका दिएको हो । शा इन्डियन प्रिमियर लिग (आइपीएल) मा नेपाली बलर सन्दीप लामिछानेसँगै दिल्लीबाट खेल्ने गर्दछन् ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.