6 years ago
October 4, 2018
एजेन्सी – आजबाट राजकोटमा सुरु हुने वेस्ट इन्डिज र भारतबीचको पहिलो टेस्ट खेलमा १८ वर्षीय भारतीय युवा क्रिकेटर पृथ्वी शाले डेब्यु गर्ने भएका छन् ।
भारतलाई यू -१९ विश्वफको उपाधि जिताउँदा शाले उत्कृष्ट कप्तानी प्रर्दशन गरेका थिए । शाले यू-१९ विश्वकप,आईपीएल र प्रथम श्रेणीको क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अनुसार शाले टेष्ट क्रिकेटमा डेब्यू गर्ने पक्का भएको छ ।
शाले १४ प्रथम श्रेणी (फस्ट कलास) खेलमा ७ शतक ५ अर्धशतक प्रहार गर्दै ५६.७२ को औसतमा १४ सय १८ रन बनाई सकेका छन् ।इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली बलर सन्दीप लामिछानेसँगै दिल्लीबाट खेलेका शाको ब्याटिङ गर्ने शैली सचिनसँग तुलना गरिँदै आएको छ ।
पाहुना टोली वेस्ट इन्डिजले भारतसँग २ टेस्ट,५ वान-डे र ३ टी-२० शृंखला खेल्दैछ । पहिलो टेस्ट आज विहान ९ः४५ बाट राजकोटमा सुरु हुने छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]