6 years ago
October 3, 2018
एजेन्सी – विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ ।
म्यानमारले प्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले ३ अोभरमा प्राप्त गरेको हो । नेपालका लागि करण केसीले ८ बलमा नटअाउट १४ रन जोडेका थिए । अनिल साहले ११ रन बनाउँदा प्रदिप एेरी शून्यमा अाउट भए । म्यानमारका टेट वाई र पाइङ दानुले १-१ विकेट लिए ।
त्यसअघि म्यानमार १० अोभरमा २९ रन जोड्दै अलअाउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको थियो । कमजोर म्यानमारबीरुद्ध नेपालको स्पिनर हावी भए ।
नेपालका लागि सन्दीप लामिछानेले २ अोभरमा ३ रन खर्चेर ४ विकेट लिए । ललित नारायण राजवंशीले ३ अोभरमा २ मेडनसहित ३ रन खर्चेर ३ विकेट नै लिएका थिए ।
करण केसी र ललितसिंह भण्डारीले १-१ विकेट लिए । कप्तान लि अउङले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । म्यानमारले पछिल्लो ६ विकेट १२ बलको अन्तरमा गुमाएको थियो ।
January 18, 2025
एजेन्सी – युएई र पाकिस्तानमा अर्को महिना आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्डले शनिवार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी शुभमन गिललाई दिइएको छ । भारतले फेब्रुअरी ६, ९ र १२ मा इंग्ल्यान्डविरुद्ध ओडिआई सिरिज खेल्दैछ । भारत च्याम्पियन्स […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको आफ्नो डेब्यु खेलमा नेपाल खराब ब्याटिङका कारण बंगलादेशसँग पराजित भएको छ । बंगलादेशले शनिवार नेपाललाई ५ विकेटले पराजित गरेको हो । ५३ रनको झिनो लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा सदिया स्लामले सर्वाधिक १६, सुमैया अख्तरले १२ रन […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ । धनगढीमा शनिवार भएको दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५९ रनले हराउँदै एपिएफ समूह ‘ए’ को विजेताको रुपमा सुपर फोरमा पुगेको हो । बाक्लो हुस्सुका कारण ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो । […]