default_image

6 years ago

October 3, 2018

म्यानमारले नेपाललाई ३० रनको लक्ष्य दियो

58 views

0 Bookmark

एजेन्सी – मलेसियामा आजबाट सुरु विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारबाट ३० रनको लक्ष्य प्राप्त गरेको छ ।

म्यानमार १० अोभरमा २९ रन जोड्दै अलअाउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको छ । कमजोर म्यानमारबीरुद्ध नेपालको स्पिनर हावी भएका हुन् ।

नेपालका लागि सन्दीप लामिछानेले २ अोभरमा ३ रन खर्चेर ४ विकेट लिए । ललित नारायण राजवंशीले ३ अोभरमा २ मेडनसहित ३ रन खर्चेर ३ विकेट नै लिएका थिए ।

करण केसी र ललितसिंह भण्डारीले १-१ विकेट लिए ।  कप्तान लि अउङले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । म्यानमारले पछिल्लो ६ विकेट १२ बलको अन्तरमा गुमाएको थियो ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.