default_image

6 years ago

October 2, 2018

यू–१९ एसिया कपः युएईमाथि नेपालको सानदार जीत,रोहितको उत्कृष्ट ब्याटिङ

92 views

0 Bookmark

ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा सुमह चरणको अन्तिम खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ ।

रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि युएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले ४९ ओभर १ बलमा ७ विकेटको २ सय ७५ रन बनाउदैँ लक्ष्य पुरा गरेको हो । नेपालको जीतमा रोहित नायक सावित भए । रोहितले ८८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ९२ रन बनाएपछि नेपालको जित संभव भएको हो । रोहित शतक बनाउन ८ रनले चुके । सुरुमा धैर्यताका साथ ब्याटिङ गरेका रोहितले अन्तिम ५ ओभरमा विस्फोटक ब्याटिङ गर्दै नेपालको जित संभव बनाएका हुन् । रोहित ४९ औँ ओभरको अन्तिम बलमा रन आउटको शिकार हुन पुगे । त्यस्तै छक्का हान्दै नेपाललाई जिताएका रसिद खानले १४ बलमा ३ छक्का प्रहार गर्दै २७ रन को आक्रमक पारी खेल्दै जीतको स्वाद चखाए ।

नेपालको जीतमा सन्दीप जोराले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६७ रनमा आउट भए । त्यस्तै कप्तान आरिफ शेख ४६ बलमा ५ चौका प्रहार गर्दै ३५ र रित गौतम २५ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । युएईका लागि आर्यन लेकरा र एरोन बेन्जामिनले समान दुई विकेट लिएपनि टोलीलाई हारबाट टार्न सकेनन् ।

यस अघि ओपनर फाहद नवाज र अंशले उत्कृष्ट शतकीय साझेदारी गरेपछि किबेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६८ रन बनाउन सकेको हो । अंश र नवाजले पहिलो विकेटका लागि १ सय ६७ बलमा १ सय ५९ रनको उत्कृष्ट शतकीए साझेदारी गरेपनि टोलीलाई जितको लागि प्रयाप्त हुन सकेन ।

यी दुईको साझेदारी २७ ओभर ३ बलमा नन्दन यादवले ब्रेक गर्दिए । यादवले २७ ओभर ३ बलमा रोहित कुमार पौडेलको हातबाट क्याच गराउँदैँ अंशसलाई ६७ रनमा पेभिलिएनको बाटो देखाए । अंशले ८१ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए । यादवलेनै दोस्रो विकेटका रुपमा ९५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ८३ रन बनाई खेली रहेका नवाजलाई आउट गर्दिए ।

त्यसलगत्तै अर्को ओभरमा पवन सर्राफको बलमा सन्दीप जोराले क्याच लिदैँ मुहमम्द अलीलाई १६ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो । त्यसपछि युएईको नियमित विकेट पतन जारी रह्यो । युएईका अन्य ब्याटम्यान ब्रान्डन एडम १८, सिड हैदर १२, मुहमम्द ए १८ र कात्तिक ११ रनमा नट आउट रहे ।

नेपालकालागि नन्दन यादव,पवन सर्राफ र रसिद खानले समान दुई विकेट लिदाँ सुर्य तामाङ र सागर ढकालले पनि एक एक विकेट लिए ।नेपाल यस अघि भारतसँग १ सय ७१ रनको फराकिलो अन्तर र अफगानिस्तानसँग ३ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गर्दै एसिया कप सुखद अन्त्य गरेको छ ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.