default_image

9 years ago

March 5, 2016

धनगढी क्रिकेट लिगमा चौराहाको विजयी सुरुआत

132 views

0 Bookmark

धनगढी, फागुन २२ सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग (डिसिएल) सिजन–३ मा टिम चौराहाले विजयी सुरुआत गरेको छ । युवा लेग स्पिनर अमन पन्थीको उत्कृष्ट प्रदर्शनको मद्दतमा चौराहाले आफ्नो पहिलो खेलमा हसनपुर माथि ७ विकेटको जित हात पारेको हो ।

dca day 1

शनिबार भएको पहिलो खेलमा हसनपुरले दिएको टस जितेर पहिले ब्याटिङ गरेको हसनपुरले दिइएको ७२ रनको लक्ष्य चौराहाले ओपनर विपिन रावलको १२ बलमा २० रनको पारीको मद्दतमा ११.५ ओभरमा लक्ष्य भेटायो । यस्तै दिपेन्द्र थापाले अभिजित १९ रनले उनलाई साथ दियो । हसनपुरका कप्तान तथा युवा बलर विक्रम ठगुन्नाले ४ ओभरमा १३ रन लिदै २ विकेट लिएपनि अन्य बलरहरुले उनलाई साथ दिन नसक्दा हसनपुर खेलमा फर्कन सकेन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हसनपुरले निर्धारित २० ओभरमा गर्दै ७१ रन मात्र बनाउन सक्यो । ११ रनमै पहिलो विकेटका रुपमा प्रकाश थापालाई गुमाएको चौराहाले लगत्तै सुबोध ऐरलाई ३ रनमै गुमाएपछि टिम दबावमा देखियो । लगत्तै अर्का ओपनर बसन्त सिंह कार्की ४ रनमा अमन पन्थिले सोनी तामाङको हातबाट क्याचआउँट भए । अनुभवी ब्याट्सम्यान विनोद लामाले १६ रनको पारी खेल्दा अमनले उनलाई बोल्ड गर्दै पभलिएको बाटो देखाए । त्यस्तै ज्ञानेन्द्र क्षेत्रीलाई पनि अमनले शुन्यमा आउँट गर्दै उनले ४ ओभरको खेलमा १ मेडन ११ रन दिदै ३ विकेट लिए । चौराहाका सोनी तामाङ र अर्जुन साउदले समान २ विकेट लिदा पदम केसी र किरण कुमार ठगुन्नाले १ विकेट लिए ।
खेलमा चौराहाका अमन पन्थी म्यान अफ दि म्याच घोषित हुदै नगद पाँचहजार हात पारे ।
प्रतियोगिता अन्र्तगत आइतबार क्याम्पसरोड र अत्तरिया तथा हसनपुर र सन्तोषी टोल विच खेल हुनेछ ।

April 30, 2025

आसाम क्रिकेट क्लब विजयी

विराटनगर (हाम्रो खेलकुद)- मन मोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता भारतको आसाम क्रिकेट क्लब जित हात पार्न सफल भएको छ। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको सहज नतिजामा हरायो। २ सय १० रनको लक्ष्य पछ्याएको कोशी ३७.२ ओभरमा १ सय १२ रनमा अल आउट हुन पुग्यो। ब्याटिङमा फितलो प्रदर्शन गरेको […]

April 30, 2025

अष्ट्रेलियाली प्रशिक्षक लबाट नेपाली क्रिकेट के चाहन्छ?

भुपेन्द्र जि.सी. अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो । अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले […]

April 30, 2025

कोलकाताको चौथो जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]

Success

Thank you for your time.