default_image

6 years ago

October 2, 2018

यू–१९ एसिया कपः यूएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

75 views

0 Bookmark

ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएइ विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

बिकेएसपी फोर मैदानमा भर्खर भएको टसमा नेपालले हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको हो । नेपाली यू- १९ युएईको यू-१९ बीचको खेल प्रतिष्ठाको लडाई मात्र हुने छ । यी दुवै टोली सुरुवाती दुइ खेलमा दुइ खेलमानै पराजित हुदै समुह चरणबाटै बाहिरि सकेका छन् ।

नेपाल पहिलो खेलमा भारतसँग १७१ रनको फराकिलो अन्तर र अफगानिस्तानसँग ३ विकेटले पराजित हुदै समुह चरणबाटै बाहिरिएको हो । भारत र अफगानिस्तान सेमिफाइनल प्रवेश गरि सकेका छन् । यी दुई बीच आज भिड्ने छन् र समुह बिजेता र उप बिजेताको टुङ्गो लाग्ने छ ।

January 18, 2025

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली घोषणा

एजेन्सी – युएई र पाकिस्तानमा अर्को महिना आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्डले शनिवार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी शुभमन गिललाई दिइएको छ । भारतले फेब्रुअरी ६, ९ र १२ मा इंग्ल्यान्डविरुद्ध ओडिआई सिरिज खेल्दैछ । भारत च्याम्पियन्स […]

January 18, 2025

यु १९ महिला विश्व कप – नेपाल डेब्यु खेलमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको आफ्नो डेब्यु खेलमा नेपाल खराब ब्याटिङका कारण बंगलादेशसँग पराजित भएको छ । बंगलादेशले शनिवार नेपाललाई ५ विकेटले पराजित गरेको हो । ५३ रनको झिनो लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा सदिया स्लामले सर्वाधिक १६, सुमैया अख्तरले १२ रन […]

January 18, 2025

पिएम महिला कप – एपिएफ अपराजित रहँदै सुपर फोरमा

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ । धनगढीमा शनिवार भएको दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५९ रनले हराउँदै एपिएफ समूह ‘ए’ को विजेताको रुपमा सुपर फोरमा पुगेको हो । बाक्लो हुस्सुका कारण ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो । […]

Success

Thank you for your time.