default_image

6 years ago

October 1, 2018

यू १९ एसिया कप – नेपालले अफगानिस्तानलाई दियो १ सय ३२ रनको लक्ष्य

76 views

0 Bookmark

ढाका(एजेन्सी )– बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १ सय ३२ रनको सामान्य लक्ष्य दिएको छ । बिकेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३८.३ ओभरमा अल आउट हुँदै मात्र १ सय ३१ रन बनाउन सक्यो ।

रोहित कुमार पौडेल

नेपालका लागि रोहित कुमार पौडेल ४६ र रसिद खानले ३० रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । पहिलो विकेटका रुपमा पाँचौ ओभरमा रवि कुमार शाह २ रनमा आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो ।

दोस्रो विकेटका रुपमा ६.२ ओभरमा रित गौतम १०, नवौ ओभरमा सन्दीप जोरा ० र ११ औं ओभरमा पवन सरार्फ ० रनमा पेभिलिएन फर्किएपछि नेपाल २१– ४ को कमजोर स्थितिमा पुगेको थियो ।

कप्तान आसिफ शेख र रोहित कुमार पौडेलले ८३ बलमा ५३ रनको साझेदारी गर्दै नेपाललाई २५ ओभरमा ७४– ५ को स्थितिमा पुर्याए । शेख २४.२ ओभरमा नविद मोहमम्द कबिरले ब्यक्तिगत २० रनमा पेभिलिए फर्काए ।

त्यसपछि पनि नेपालको विकेट पतन जारी रह्यो । त्यस्तै सातौं विकेटका लागि रसिद र रोहितले ४० बलमा ३८ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको ब्याटिङ केहि उकास्ने प्रयास गरेका थिए । रसिद २५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा आउट भए ।

रोहितलाई कुनै पनि ब्याटम्यानले क्रिजमा टिकेर लामो समय साथ दिन सकेनन् । नवौं विकेटका रुपमा आउट भएका रोहितले ८८ बलमा ७ चौकाको सहयोगमा ४६ रन बनाए । नेपाली ब्याटिङलाई धरासायी बनाउन अफगानिस्तानका अजमातुल्ला ओमरजीले ९ ओभरमा ४ मेडन राखेर १४ रन खर्चदैँ ४ विकेट लिए ।

त्यस्तै क्यूआइस अहमद कमवाल,अब्दुल रहमानले समान दुई विकेट लिदाँ रिजनउल्लाह र नविद मोहमम्द कबिरले समान एक विकेट लिए । नेपाल सेमिफाइन प्रवेशको आशा जिवितै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा नेपाल पराजित भए समुह चरणबाटै घर फर्किने छ ।

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

Success

Thank you for your time.