default_image

6 years ago

September 30, 2018

यू–१९ एसिया कप – नेपालले अफगानिस्तानको सामना गर्ने

64 views

0 Bookmark

ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले दोस्रो खेल सोमबार अफगानिस्तानसँग खेल्ने छ । खेल नेपाली समय अनुसार बिहान ८ : ४५ बजे बाट सुरु हुने छ ।

पहिलो खेलमा भारतसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको नेपाललाई अघिल्लो चरणको आशा जिवित राख्नको लागि अफगानिस्तानसँगको खेल महत्वपूर्ण हुनेछ ।

अफगानिस्तानलाई हराउन नसके नेपाल समुह चरणबाटै घर फर्कने सम्भावना रहन्छ । नेपालले अन्तिम खेल मंगलबार युएईसँग खेल्दा अफगानिस्तानले भारतसँग खेल्ने छ ।

अफगानिस्तानले पहिलो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै अघिल्लो चरणको संभावना बलियो बनाएको छ । भारतले दोस्रो खेलमा आइतबार युएईलाई २ सय २७ रनले पराजित गर्दै सेमिफाइनल लगभग पक्का जस्तै गरिसकेको छ ।

गत संकरणमा भारतलाई १९ रनले पराजित गर्दै नेपाल सेमिफाइनमा पुगेको थियो । नेपाल अघिल्लो चरण प्रवेशको लागि दुबै खेल जित्नै पर्ने हुन्छ । युएई भने सुरुवाती दुई खेलमा पराजित हुदैँ एक खेल अगाडीनै समुह चरणबाटै बाहिरि सकेको छ ।

त्यस्तै समुह बी मा हङकङ,पाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । समुह ए र बी बाट शिर्ष दुई दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

March 19, 2025

लगातार ४ खेलमा ललितको ५ विकेट हल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

Success

Thank you for your time.