6 years ago
September 30, 2018
दुबई (एजेन्सी) – अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को वान डे क्रिकेटको नयाँ वरियतामा अफगानिस्तानका क्रिकेटर रसिद खान अलराउन्डरमा शीर्ष खेलाडी बनेका छन् ।
बंगलादेशका अलराउण्डर सकिब अल हसनलाई पछि पार्दै २० वर्षे रसिद नम्बर एक अलराउण्डर बनेका हुन् । यस अघि लामो समय देखि सकिब अलराण्डरको सूचिमा अगाडि रहदैँ आएका थिए । रसिद शीर्षस्थानमा पुगेपछि सकिब दोस्रो स्थानमा झरेका छन् ।
अलराउण्डरको तेस्रो स्थानमा मोहमम्द नाबी,चौँथो स्थानमा मिचेल सेन्टनर र पाँचौ स्थानमा मोहमम्द हफिज रहेका छन् ।
वान डे क्रिकेटको बलिङ तर्फ भारतीय बल जसप्रित बुमराह पहिलो स्थानमा रहेका छन् ।दोस्रो स्थानमा रसिद खान,तेस्रो स्थानमा कुलदीप यादव,चौँथो नम्बरमा टेन्ट्र बोल्ट र पाँचौ स्थानमा जोश हजलेवुड रहेका छन् ।
वान डे क्रिकेटकै ब्याटिङ तर्फ विराट कोहली पहिलो स्थानमा यथावत रहँदा दोस्रो स्थानमा रोहित शर्मा,तेस्रो स्थानमा जो रुट,चौथो स्थानमा डेविड वार्नर र पाचौँ स्थानमा शिखर धवन रहेका छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]