default_image

6 years ago

September 29, 2018

यू–१९ एसिया कपः भारतसँग नेपालको फराकिलो हार

63 views

0 Bookmark

ढाका (एजेन्सी ) – एसीसी यू–१९ एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले भारतसँग फराकिलो हार बेहोरेको छ । नेपालले भारतसँग १ सय ७१ रनका फराकिलो हार बेहोरेको हो ।  भारतले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३६ ओभर ४ बलमा सबै विकेट गुमाएर १सय ३३ रनमा समेटियो ।

नेपालका लागि कप्तान मोहम्मद आसिफ शेखले सर्वाधिक २५ रन बनाए । रोहित कुमार पौडेलले २४ तथा सन्दीप जोराले २० रन जोडे । रविन्दै जंगले १६ तथा रविकुमार साहले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन । भारतका सिदमर्थ देशाई र हर्स त्यागीले समान ३ विकेट लिए । मोहित जंग्राले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको थियो । भारतलाई विशाल योगफल तयार पार्न ओपनर यशस्भी जैसवाल शतक र मिडिल अडरका प्रभा सिमरन सिंहले उत्कृष्ट आक्रमक अर्ध शतक प्रहार गरे । ओपनिङ ब्याटिङ गर्न मैदानमा उत्रेका देभदत्त पडिक्कल र जैसवालले पहिलो विकेटका लागि १७ औँ ओभर सम्म ८३ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिलाए ।

१७ औँ ओभरको अन्तिम बलमा भिम सार्कीले यी दुई जोडीको पाट्नरशिप ब्रेक गरिदिएका थिए । भिमले आफ्नो स्पेलको पहिलो ओभरमै पडिक्कललाई ४३ बलमा ३ चौका प्रहार गरेर खेली रहेको अवस्थामा एलपी डब्लुको धरापमा पार्दै ३० रनमा पेभिलिएनको बाटो देखाए । दोस्रो विकेटका रुपमा कप्तान पवन शाहलाई २२ ओभर १ बलमा भिमको हातबाट क्याच आउट गराउदै सन्दीप जोराले १३ रनमा आउट गरे ।

तेस्रो विकटका रुपमा ३५ औँ ओभरमा आउट हुनु अघि जैसवालले ११३ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै १०४ रन बनाए । जैसवाललाई रसिद खानले ३४ ओभर ५ बलमा भिम सार्कीको हातबाट क्याच आउट गराउदै पेभिलिएन फर्काइ दिए । त्यस्तै पाँचौ विकेटका रुपमा भिम सार्कीले ४३ औँ ओभरमा पवन सराफको हातबाट क्याच आउट गर्दै आक्रमक ब्याटिङ गरि रहेका सिंहलाई ८२ रनमा आउट गरे ।

तर नेपालका लागि सिंहको विकेट लिन धेरै ढिला भई सकेको थियो । सिंह आउट हुँदा भारत ४३ ओभरमा २ सय ६३ को बलियो स्थितीमा पुगेको थियो । सिंहले ६१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ८२ रन बनाएका थिए । सिंह आउट भएसँग भारतको विकेट पनि नियमीत गुमेको थियो ।

त्यस्तै भारतका लागि आयुष बडोनी ३३, मोहित जन्ग्रा १९ र अजय गंगापुरमले १० रन बनाए । नेपालका लागि भिम सार्कीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै रसिद खान २, सागर ढकाल,कमल सिंह ऐरी,सन्दीप जोराले समान एक विकेट लिए ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.