6 years ago
September 29, 2018
ढाका (एजेन्सी ) – बंगलादेशमा आजबाट सुरु भएको यू–१९ एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा भारतले नेपाललाई ३ सय ५ रनको विसाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको छ ।
भारतलाई विशाल योगफल तयार पार्न ओपनर यशस्भी जैसवाल शतक र मिडिल अडरका प्रभा सिमरन सिंहले उत्कृष्ट आक्रमक अर्ध शतक प्रहार गरे । ओपनिङ ब्याटिङ गर्न मैदानमा उत्रेका देभदत्त पडिक्कल र जैसवालले पहिलो विकेटका लागि १७ औँ ओभर सम्म ८३ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिलाए ।
१७ औँ ओभरको अन्तिम बलमा भिम सार्कीले यी दुई जोडीको पाट्नरशिप ब्रेक गर्दिए । भिमले आफ्नो स्पेलको पहिलो ओभरमै पडिक्कललाई ४३ बलमा ३ चौका प्रहार गरेर खेली रहेको अवस्थामा एलपी डब्लुको धरापमा पार्दै ३० रनमा पेभिलिएनको बाटो देखाए । दोस्रो विकेटका रुपमा कप्तान पवन शाहलाई २२ ओभर १ बलमा भिमको हातबाट क्याच आउट गराउदै सन्दीप जोराले १३ रनमा आउट गरे ।
तेस्रो विकटका रुपमा ३५ औँ ओभरमा आउट हुनु अघि जैसवालले ११३ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै १०४ रन बनाए । जैसवाललाई रसिद खानले ३४ ओभर ५ बलमा भिम सार्कीको हातबाट क्याच आउट गराउदै पेभिलिएन फर्काइ दिए । त्यस्तै पाँचौ विकेटका रुपमा भिम सार्कीले ४३ औँ ओभरमा पवन सराफको हातबाट क्याच आउट गर्दै आक्रमक ब्याटिङ गरि रहेका सिंहलाई ८२ रनमा आउट गरे ।
तर नेपालका लागि सिंहको विकेट लिन धेरै ढिला भई सकेको थियो । सिंह आउट हुँदा भारत ४३ ओभरमा २ सय ६३ को बलियो स्थितीमा पुगेको थियो । सिंहले ६१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ८२ रन बनाएका थिए । सिंह आउट भएसँग भारतको विकेट पनि नियमीत गुमेको थियो ।
त्यस्तै भारतका लागि आयुष बडोनी ३३, मोहित जन्ग्रा १९ र अजय गंगापुरमले १० रन बनाए । नेपालका लागि भिम सार्कीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै रसिद खान २, सागर ढकाल,कमल सिंह ऐरी,सन्दीप जोराले समान एक विकेट लिए ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]