default_image

6 years ago

September 29, 2018

यू–१९ एसिया कप : नेपालको खराव प्रर्दशन जारी

34 views

0 Bookmark

ढाका (एजेन्सी ) – यू –१९ एसीसी एसिया कप क्रिकेटमा अहिले भारत र नेपालबीचको खेल जारी रहेको छ ।

बंगलादेशमा टस जितेर पहिला बलिङ गरेको नेपालले खराव प्रर्दशन गरेको छ । यो समचार तयार पार्न सम्म भारतले २६ ओभरमा २ विकेटको क्षतिमा १३७ रन बनाएको छ । देभदत्त पडिक्कल र यशस्भी जैसवाल नेपाली बलरको सामना गर्न ओपनिङ ब्याटिङ गर्न मैदान उत्रेका थिए । यी दुई जोडीले पहिलो विकेटका लागि १७ औँ ओभर सम्म ८३ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिलाए । १७ औँ ओभरको अन्तिम बलमा भिम सार्कीले यी दुई जोडीको पाट्नरशिप ब्रेक्र गर्दिए । भि.मले आफ्नो स्पेलको पहिलो ओभरमै पडिक्कललाई ४३ बलमा ३ चौका प्रहार गरेर खेली रहेको अवस्थामा एलपी डब्लुको धरापमा पार्दै ३० रनमा पेभिलिएनको बाटो देखाए ।

दोस्रोविकेटका रुपमा कप्तान पवन शाहलाई २२ ओभर १ बलमा भिमको हातबाट क्याच आउट गराउदै सन्दीप जोराले १३ रनमा पेभिलिएन फर्काइ दिएका छन् । त्यस्तै अर्का ओपनर यशस्भी जैसवालले ८४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ७७ रन बनाई खेली रहेका छन् । जैसवाललाई प्रभा सिमर सिंहले १४ रन बनाई साथ दिई रहेका छन् । नेपालका लागि भिम र सन्दीप जोराले समान एक एक विकेट लिएका छन् । नेपालले आफ्ना ७ जना बलर प्रयोग गरि सकेको छ ।

September 21, 2024

विशाल लक्ष्य पछ्याउँदै बंगलादेश

एजेन्सी – शुभमन गिल र रिषभ पन्तको शतक सहयोगमा भारतले बंगलादेशलाई पहिलो टेस्टको विशाल लक्ष्य दिएको छ । दुई टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । चेन्नईमा जारी टेस्टमा भारतले बंगलादेशलाई जितका लागि ५ सय १५ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले ४ विकेटमा २ सय ८७ रन बनाउँदै इनिङ समाप्तीको […]

September 21, 2024

चापाकोटमा वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

सुनिल न्यौपाने,स्याङ्जा स्याङ्जाको चापाकोट नगरपालिकामा यसै महिना वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ।  चापाकोट नगरपालिकाको संरक्षण र श्री सामुदायिक बालचेतना सामुदायिक कार्यक्रम चापाकोट १० स्याङ्जाको आयोजनामा प्रतियोगितामा असोज १८ गते सुरु हुने बताइएको छ। प्रतियोगिताका संयोजक सागर पंगेनीले वडा भित्र सदभाव बढाउनुका साथमा क्रिकेट खेलको विकास र खेलप्रति आकर्षक प्रतियोगिता आयोजना गर्न लागेको बताए। चापाकोट ९ सुन्तलीटारस्थित […]

September 21, 2024

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानलाई एतिहासिक सफलता

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ । अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो […]

Success

Thank you for your time.