default_image

6 years ago

September 29, 2018

यू–१९ एसिया कप : नेपालले आज भारतसँग खेल्दै

88 views

0 Bookmark

 ढाका (एजेन्सी ) – बङ्गलादेशमा आज (शनिबार) बाट सुरु हुने एसीसी यू–१९ एशिया कपमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजेबाट बाट सुरु हुने छ । नेपालले अहिले सम्म भारतलाई १ पटक मात्र पराजित गरेको छ , भने अन्य कुनैपनि खेलमा जित निकाल्न सकेको छैन ।

नेपालले गत संस्करणको समूह चरणको खेलमा भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) छन् । त्यस्तै समूह बी मा श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र हङकङ छन् ।

सधैँ ब्याटिङमा कमजोर देखिने नेपालको ब्याटिङ बलियो बनाउनकै लागि राष्ट्रिय टोलीबाट खेली सकेका रोहित कुमार पौडेललाई पनि यस पटक यू– १९ टोलीमा समावेश गरिएको छ । रोहितले मिडिल अडरको रुपमा ब्याटिङ समाल्ने प्रयास गर्ने छन् । रोहित परिस्थीति अनुसार आक्रमक र रक्षात्मक दुबै खेल्न सक्ने भरपर्दा ब्याटम्यान हुन् ।

नेपाललाई डिभिजन २ बाट एक दिवसिय विश्वकप छनोट हुदैँ वान डे मान्यता पाउन सम्म उनको प्रर्दशन निकै महत्वपूर्ण रहेको छ । यस पटक नेपाली टोलीमा देब्रे हाते स्पिनर सुर्य तामाङ नयाँ अनुहार हुन् भने अन्य सबै खेलाडी यू–१९ बाट खेली सकेका खेलाडी रहेका छन् । नेपालले दोस्रो खेल आगमी विहिबार अफगानिस्तान र शुक्रबार युएईसँग खेल्ने छ ।  शिर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । नेपालको पहिलो लक्ष्य सेमिफाइन सम्म पुग्ने रहेको प्रशिक्षक विनोद दासले बताएका छन् ।

नेपाली टोली -मोहम्मद आसिफ शेख (कप्तान) कमल सिहं ऐरी,रोहितकुमार पौडेल, रवी शाह, सूर्य तामाङ, पवन शर्राफ, रवीन्द्रजङ्ग शाही, रासिद खान, भीम सार्की, तृतराज दास, सन्दिप जोरा, नन्दन यादव, रीत गौतम, सागर ढकाल र अरुण ऐरी छन् ।

विनोद दास -मुख्य प्रशिक्षक

मनोक कट्वाल -प्रशिक्षक

शक्ति गौचन -व्यवस्थापक

विक्रम न्यौपाने -फिजियो

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.