default_image

6 years ago

September 29, 2018

भारतलाई एसिया कप, फाइनलमा बंगलादेश पराजित

86 views

0 Bookmark

दुबई (एजेन्सी) – भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशलाई ३ विकेटले हराउँदै भारतले एसिया कप उपाधि जितेको हो । २ सय २३ रनको लक्ष्य पछ्याएको भारतले ७ विकेटको क्षेतिमा आवश्यक रन जोडेको थियो । भारतको यो सातौं एसिया कप उपाधि हो । श्रीलंकाले ५ र पाकिस्तानले २ पटक एसिया कप जितेको छ । 

दबाबका बीच भारतले खेल आफ्नो पक्षमा पारेको थियो । भारतका लागि कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । टोलीका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । केदार जाधाव २३ र कुलदिप यादव ५ रनमा अविजित रहे ।

त्यस्तै दीनेश कात्र्तिकले ३७, महेन्द्र सिंह धोनीले ३६, रविन्द्र जडेजाले २३, भुवनेश्वर कुमार २१ रन जोडे । त्यस्तै शिखर धवनले १५ रन जोडे ।बंगालादेशका मुस्ताफिजुर रहमान, रुवेल हसनले समान २ तथा नाजमुल इस्लाम, मुर्सफे मुर्तजा र महमुदुल्लाले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले ओपनर लिटन दासको शतकको सहयोगमा ४८ ओभर ३ बलमा अल आउट हुदैँ मात्र २ सय २२ रन बनाउन सक्यो । बंगलादेशका लागि ओपनर दास र मेहन्दी हसन मिराजले २१ ओभरमा १ सय २० रनको साझेदारी गर्दै विशाल योगफल तर्फ डोर्याउने संकेत देखाएका थिए ।

तर २१ औँ ओभरमा केधार जादवको बलमा आंबित रायूडुले क्याच लिदैँ मिराजलाई ३२ रन पेभिलिएन फर्काएपछि भारत खेलमा फर्किएको थियो । मिराज आउट भएपछि बंगलादेशको विकेट पतन निरन्तर जारी रह्यो । सौम्य सरकार बाहेक अन्य कुनै पनि मिडिल अडरका ब्याटसम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतीय बलर सामु कुनै पनि ब्याटम्यान क्रिजमा टिकेर लामो इनिङ खेल्न नसक्दा बंगलादेश २ सय २२ रनमा अल आउट हुन पुगेको हो ।

२१ ओभरमा १२० – १ को स्थितिमा रहेको बंगलादेश ३३ ओभरमा पुग्दा १५१–५ को स्थितिमा पुगेको थियो । छैटौ विकेटका लागि सौम्य सरकार र दासले ३७ रनको साझेदारी गर्दै बंगलादेशकोे संकट टार्ने काम गरेका थिए । दास भारतीय बलर सामु खुलेर खेलेपनि ४१ औँ ओभरमा कुलदिप यादवको बलमा विकेट किपर महेन्द्र सिंह धोनीको स्टिम्पिङ आउटको शिकार बने ।

दासले १ सय १७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १ सय २१ रनमा पेभिलिएन फर्किए । सरकारले भारतीय बलरको डटेर सामना गरे तर अन्य ब्याटम्यानको साथ पाएनन् । उनले ४५ बलमा समान १ चौका र छक्का प्रहार गर्दै ३३ रनमा रन आउटको शिकार बने । बंगलादेशका अन्य कुनै पनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । बंगलादेशका ८ ब्याटम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका लागि नाजमुल इस्लाम ७, मोहमम्द मिथुन २, मुश्फिकर रहिम ५,महामुदुल्लाह ४,मशरफी मुर्तजा ७,इमरुल कायेस २ रनमा पेभिलिएन फर्किए । भारतका लागि कुलदीप यादवले ३, केधार जाधव २ र युजवेन्द्र चाहल र जसप्रित बुमराहले समान १ विकेट लिए ।

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

Success

Thank you for your time.