default_image

6 years ago

September 28, 2018

‘ओयो’ पिपिएल क्रिकेटको हस्पिटालिटी पार्टनर

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेटमा ‘ओयो’ हस्पिटालिटी पार्टनर बनेको छ । पिपिएल आयोजक क्वीन्स इभेन्टस् म्यानेजमेन्टले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओयोलाई १ वर्षको लागि एक्सक्लुसिभ हस्पिटालिटी पार्टनरको रुपमा सम्झौता गरेको हो ।

 

सम्झौतमा ओयोका कन्ट्री प्रमुख निसिद हलानी र क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाले हस्ताक्षर गरे । सम्झौताअनुसार ओयोले ३२ लाख रुपैयाँ बराबरको प्रायोजन पिपिएललाई उपलब्ध गराउने छ । ओयोले पोखरा प्रिमियर लिगमा सहभागी सम्पूर्ण टिम र आयोजकलाई आवासिय सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

‘ओयो’ होटलहरुको मल्टिनेसनल कम्पनी हो । ओयोलाई दक्षिण एसियाकै ठुलो हस्पिटालिटी कम्पनीको रुपमा चिनिन्छ ।

सर्वाधिक धनराशाीको पिपिएल पर्यटकीय नगरी पोखरामा कात्र्तिक ९ गतेबाट २० गतेसम्म हुदैछ । लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

पिपिएल आयोजकले बिहिबार मात्रै टिम मालिक र मार्की खेलाडी सार्वजनिक गरेको थियो । पिपिएलका लागि १९७ खेलाडीबीच अक्सन हुने आयोजकले जनाएको छ ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.