default_image

6 years ago

September 28, 2018

एसिया कप फाइनल : बंगलादेशले भारतलाई दियो २ सय २३ रनको लक्ष्य

54 views

0 Bookmark

एजेन्सी – युएईमा जारी एसिया कप क्रिकेटको फाइनलमा बंगलादेशले भारतलाई २ सय २३ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ओपनर लिटन दासको शतकको सहयोगमा ४८ ओभर ३ बलमा अल आउट हुदैँ मात्र २ सय २२ रन बनाउन सक्यो ।

बंगलादेशका लागि ओपनर दास र मेहन्दी हसन मिराजले २१ ओभरमा १ सय २० रनको साझेदारी गर्दै विशाल योगफल तर्फ डोर्याउने संकेत देखाएका थिए । तर २१ औँ ओभरमा केधार जादवको बलमा आंबीत रायूडुले क्याच लिदैँ मिराजलाई ३२ रन पेभिलिएन फर्काएपछि भारत खेलमा फर्किएको थियो । मिराज आउट भएपछि बंगलादेशको विकेट पतन निरन्तर जारी रह्यो । सौम्य सरकार बाहेक अन्य कुनै पनि मिडिल अडरका ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतीय बलर सामु कुनै पनि ब्याटम्यान क्रिजमा टिकेर लामो इनिङ खेल्न नसक्दा बंगलादेश २ सय २२ रनमा अल आउट हुन पुगेको हो ।

२१ ओभरमा १२० – १ को स्थितिमा रहेको बंगलादेश ३३ ओभरमा पुग्दा १५१–५ को स्थितिमा पुगेको थियो । छैटौ विकेटका लागि सौम्य सरकार र दासले ३७ रनको साझेदारी गर्दै बंगलादेशकोे संकट टार्ने काम गरेका थिए । दास भारतीय बलर सामु खुलेर खेलेपनि ४१ औँ ओभरमा कुलदिप यादवको बलमा विकेट किपर महेन्द्र सिंह धोनीको स्टिम्पिङ आउटको शिकार बने । दासले ११७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १२१ रनमा पेभिलिएन फर्किए । सरकारले भारतीय बलरको डटेर सामना गरे तर अन्य ब्याटम्यानको साथ पाएनन् । उनले ४५ बलमा समान १ चौका र छक्का प्रहार गर्दै ३३ रनमा रन आउटको शिकार बने । बंगलादेशका अन्य कुनै पनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । बंगलादेशका ८ ब्याटम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका लागि नाजमुल इस्लाम ७, मोहमम्द मिथुन २, मुश्फिकर रहिम ५,महामुदुल्लाह ४,मशरफी मुर्तजा ७,इमरुल कायेस २ रनमा पेभिलिएन फर्किए । भारतका लागि कुलदीप यादवले ३, केधार जाधव २ र युजवेन्द्र चाहल र जसप्रित बुमराहले समान १ विकेट लिए ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.