9 years ago
February 29, 2016
डडेल्धुरा आलितालका क्रिकेट खेलाडी दिलबहादुर बोहरा इण्डियन प्रिमियर लिग (आइपीएल) खेल खेल्न पाउन सक्ने भएका छन्
भारतको पञ्जाब क्रिकेट संघले उनलाई अन्तिम छनोटको लागि बोलाएको छ। छनोटको दुई चरण पार गरिसकेका बोहराको अब अन्तिम छनोट मात्र बाँकी छ।
दिल्लीमा प्रशिक्षण गरिरहेका बेला उनी ईण्डिया यु १९ टीमको १८ जनाको क्याम्पसमा पर्न सफल भएका थिए ।
आगामी मार्च ४ देखि १३ तारेखसम्म मोहालीमा हुने अन्तिम क्याम्पमा सफलता हासिल गर्न सके खेलाडी बोहरा किङ्ग्स इलेवेन पञ्जाबबाट आइपीएल खेल्न पाउनेछन्।
December 24, 2024
सुबास हुमागाईं, काठमाडौं यो तथ्यांक सरसर्ती हेर्दा कुनै तीव्र गतिको बलरको तथ्यांक जस्तो लाग्ला, तर बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले नेपाल प्रिमियर लिगका दौरान जनकपुर बोल्ट्सबाट खेल्दा गरेको प्रदर्शन हो यो । जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराउँदै उपाधि जित्दा बलिङमा ललितको प्रदर्शन गजबको थियो । फाइनलमा टस जितेर ब्याटिङ रोजेको सुदूरले २ […]
December 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली अलराउण्डर कुशल मल्ल युएईमा आयोजना हुने आइएल टि ट्वान्टी लिग खेल्ने भएका छन् । नेपाली अलराउण्डर कुशललाई अनुबन्ध गरेको आइएल टि ट्वान्टीको टोली डेजर्ट भाइपर्सले सामाजिक सञ्जालमार्फत जनाएको छ । क्लबका अनुसार कुशलले घाइते भएका नेदरल्याण्ड्सका अलराउण्डर बास डि लिडेको स्थान लिने छन् । नेपालका अर्का अलराउण्डर दीपेन्द्रसिंह ऐरीलाई भने गल्फ […]
December 23, 2024
एजेन्सी – भारतले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीका आफ्ना खेलहरु युएईमा खेल्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नक्वीले शेख नाह्यान अल मुबारकसँग भेट गरेपछि यो निर्णय लाई अन्तिम रुप दिइएको बताइएको छ। शेख नाह्यान युएईका वरिष्ठ मन्त्री र इमिरेट्स क्रिकेट बोर्डका प्रमुख पनि हुन् । पिसीबीका प्रवक्ता आमिर मीरका […]