6 years ago
September 28, 2018
एजेन्सी – यूएईमा जारी एसिया कप क्रिकेटको उपाधिको लागि आज भारत र बंगलादेश खेल्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ५ : १५ बाट दुबईमा सुरु हुने छ ।
भारत बंगलादेशलाई पराजित गर्दै एसिया कपको उपाधि छैटौं पटक जित्ने दाउका साथ मैदान प्रवेश गर्ने छ । एसिया कपमा दोस्रो पटक फाइनलमा पुगेको बंगलादेश भारतलाई पराजित गर्दै पहिलो पटक उपाधि जित्न चाहन्छ । तर बंगलादेशलाई त्यति सहज भने छैन । उत्कृष्ट लयमा रहेका ओपनर शिखर धवन, कप्तान रोहित शर्मा, स्पिनर कुलदीप यादव र तिब्र गतिका बलर जसप्रित बुमराह जस्ता खेलाडीलाई रोक्न बंगालदेशलाई निकै कठिन हुने देखिएको छ । यता बंगलादेशमा अलराउण्डर महामुदुल्लाह, तिब्र गतिका बलर मुस्ताफिजुर रहमान र अलराउण्डर मेहन्दी हसन मिराज जस्ता खेलाडी रहेको हुनाले भारतलाई पनि त्यति सहज भने पक्कै हुने छैन ।
जारी एसिया कपमा भारत र बंगलादेशको यस्तो छ प्रर्दशन
समुह चरणको पहिलो खेलमा हङकङसँग कठिन जित निकालेको भारत त्यसपछि झनै उत्कृष्ट प्रर्दशन गर्दै गयो । २६ रनको कठिन जित निकालेपछि नराम्रोसँग झस्केको भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गर्यो । भारत ‘ए’ को समुह विजेता बन्दै सुपर फोरमा आफ्नो स्थान सुरक्षित गरेको थियो। सुपर फोरमा बंगलादेशलाई ७ र पाकिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै भारत एक खेल अगाडीनै फाइनमा प्रवेश गरेको थियो । अन्तिम खेलमा पहिलो रोजाईका प्रमुख खेलाडी रोहित शर्मा,शिखर धवन,जसप्रित बुमराह र भुवनेश्वर कुमारलाई आराम दिएर मैदानमा उत्रेको भारतलाई अफगानिस्तानले बराबरीमा रोक्न सफल भएको थियो ।
समुह चरणमा बंगलादेशले श्रीलंकालाई १३७ रनको फराकिलो अन्तरले पराजित गर्दै सुपर फोरको ढोका बलियो बनाएको थियो । तर दोस्रो खेलमा अफगानिस्तानसँग १३६ रनको फराकिलो अन्तरले पराजित हुदैँ समुह ‘बी’ बाट उप विजेता बनेर सुपर फोरमा प्रवेश गर्न सफल भयो । सुपर फोरमा भारतसँग ७ विकेटले पराजित भएको बंगलादेश अफगानिस्तानलाई ३ र पाकिस्तानलाई ३७ रनले पराजित गर्दै फाइनलमा पुन भारतसँग भटे पक्का गरेको हो ।
वान डे क्रिकेटमा हेड टु हेड (इतिहास)
भारत र बंगलादेश वान डे क्रिकेटमा ३४ पटक एक आपसमा खेलेका छन् । भारत २८ खेलमा विजयी हुदाँ ५ खेलमा पराजित भएको छ । १ खेलमा दुबै टोलीले अंक बाडेका छन् ।
एसिया कपको फाइनल इतिहास
सन् १९८४ बाट सुरु भएको एक दिवसिय एसिया कपमा हाल सम्म १२ ओटा प्रतियोगिता भएका छन् । जुन अहिले चलि रहेको १३ औ प्रतियोगिता हो । १२ औँ प्रतियोगिता सम्म भारत ८ पटक फाइनल पुगेको छ । ५ पटक उपाधि जित्दा ३ पटक उप विजेतामा चित्त बुझाएको छ । भारतले सन् १९८४,१९८८,१९९०/९१,१९९५ र २०१० मा एसिया कपको टर्फी जितेको थियो भने सन् १९९७,२००४ र २००८ मा उव विजेतामा चित्त बुझाएको छ । एसिया कपको इतिहासमा सन् २०१२ मा पहिलो पटक फाइनलमा पुगेको बंगलादेश घरेलु मैदानमै पाकिस्तानसँग २ रनको झिनो अन्तरले पराजित भएको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]