6 years ago
September 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यु–१९ क्रिकेट टोली बिहिबार एसिया कपको लागि बंगलादेश प्रस्थान गरेको छ । अघिल्लो संस्करणमा भारतलाई हराएर सनसनी मच्चाएको नेपाली टोली बिहिबार त्यसतर्फ प्रस्थान गरेको हो । अघिल्लो संस्करणमा नोपल सेमिफाइनल सम्म पुग्न सफल भएको थियो ।
निकै उच्च प्रदर्शन गर्दै आएको युवा टोलीको बिदाईमा यसपटक क्रिकेटसँग सरोकार राख्ने कुनैपनि व्यक्तित्वको उपस्थिति रहेन । टिम क्लोज क्याम्पमा रहँदा बसेको होटल रमेशवारम गौशलाका मालिकले खेलाडीको बिदाई गरे ।
समूह ‘ए’ मा नेपालसहित अफगानिस्तान, भारत र युएईं रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, हङकङ, पाकिस्तान र श्रीलंका रहेका छन् । नेपालले २९ सेप्टेम्वरमा आफ्नो पहिलो खेलमा भारतसँग खेल्दै एसिया कपको शुरुवात गर्नेछ । १ अक्टोवरमा अफगानिस्तानसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा २ अक्टोवरमा युएईंसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली यू १९ टोली
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]