6 years ago
September 27, 2018
दुईब (एजेन्सी) – पाकिस्तानलाई ३७ रनले पराजित गर्दै युएईमा जारी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा भारतसँग भेट पक्का गरेको बंगलादेशलाई ठूलो झड्का लागेको छ ।
बंगलादेशका सबै भन्दा भरपर्दा अलराउण्डर सकिब अल हसनले एसिया कप गुमाउने भएका छन् । अभ्यासको क्रममा घाइते भएको कारण सकिब पाकिस्तानसँगको खेलमा खेलेका थिएनन् ।
वान डे र टेस्ट क्रिकेटका नं वान अलराउण्डर सकिबको देब्रे हातको कान्छी औँलामा चोट लागेको र उनी कम्तीमा ६ हप्ता मैदान बाहिर रहने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।
जारी एसिया कपमा हसनले ४ खेलमा ४९ रन बनाउनुको साथै ७ विकेट लिएका छन् । बंगलादेशलाई फाइनलमा सकिबको अभाव खड्किन सक्ने देखिएको छ । त्यस्तै समूह चरणमा श्रीलंकासँग खेल्दा बंगलादेशका भरपर्दा तथा ओपनर तमिम इकवालको हात भाँचिएपछि एसिया कप गुमाएका थिए ।
त्यसैको कारण बंगलादेशको ओपनिङ ब्याटिङ पनि केहि कमजोर देखिएको छ । इकवाल बंगलादेशबाट वान डे खेलमा सर्वाधिक रन बनाउने खेलाडी समेत थिए । बंगलादेशले उपाधिको लागि शुक्रबार भारतसँग खेल्ने छ । खेल दुबईमा नेपाली समय अनुसार साँझ ५ : १५ बजे बाट सुरु हुने छ ।
अहिले सम्म भारतले ५ पटक एसिया कपको उपाधि जित्दा बंगलादेश एक पटक मात्र फाइनलमा पुगेको छ । बंगलादेश सन् २०१२ मा फाइनलमा पाकिस्तानसँग २ रनले पराजित हुदैँ उपाधि जित्न चुकेको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]