6 years ago
September 27, 2018
काठमाडौँ(हाम्रो खेलकुद)- अर्को महिना पोखरामा पोखरा रंगशालामा आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको लागि सहभागी टिम,मालिक र मार्की खेलाडीको घोषणा गरिएको छ ।
तस्बिरहरु : विवेक सुवेदी/हाम्रो खेलकुद
बिहीबार (आज) क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिले सहभागी फ्रेन्चचाइज टिम र मार्की खेलाडीको घोषणा गरेको छ । पहिलो संस्करणको लिगमा ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । पीपीएल कात्तिक ९ देखि २० सम्म सम्म पोखरा रंगशालामा आयोजना हुनेछ ।
यसपटक विराटनगर टाईटन्स,पोखरा पल्टन,बुटवल ब्लास्टर,एक्स्पर्ट धनगढी ब्लुज,चितवन राईनोज र काठमाडौं रोयल्स रहेका छन् । सबै टिमले आज आफ्नो लोगो समेत सार्वजनिक गरेका छन् ।
विराटनगर टाईटन्सका मार्की खेलाडी सन्दीप लामिछाने र टिम मालिक पारस लुनिया रहेका छन् । चितवन राईनोजका मार्की खेलाडी पारस खड्का र टिम मालिक राहुल महरा रहेका छन् ।
त्यसैगरि पोखरा पल्टन टिम मालिक बिनायक पोखरेल हुन् भने मार्की खेलाडी शरद भेषवाकर रहेका छन् । त्यस्तै गरि बुटवल ब्लास्टरका मार्की खेलाडी सोमपाल कामी रहेको छन् । टिम मालिक नरेश गौतम रहेका छन् ।
हुलास काठमाडौं रोयल्सको टिम मालिक राज्य लक्ष्मी गोल्छा रहदा मार्की खेलाडी ज्ञानेन्द्र मल्ल रहेका छन् । एक्स्पर्ट धनगढी ब्लुजको मार्की खेलाडीको जिम्मा दिपेन्द्र सिंह एेरीले पाउदा टिम मालिक तोया नाथ अर्याल रहेका छन् ।
आयोजकले यस अघिनै असोज ३ गतेदेखि असोज ९ गतेसम्मको लागि खेलाडी दर्ता खुला गरेको थियो । खेलाडी छनोट अक्सन मार्फत हुने छ । हरेक टिममा दुई स्थानीय र दुई विदेशी खेलाडी अनिवार्य हुनु पर्ने छ ।
पीपीएल घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको हुने आयोजकले दावी गरेको भएपनि विजेता र उप विजेता टिमले कति पुरस्कार पाउने अहिले सम्म आधिकारीक रुपमा भन्ने खुलाएको छैन ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]