default_image

6 years ago

September 27, 2018

एसिया कप : पाकिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा

68 views

0 Bookmark

एजेन्सी – ब्याटिङमा मुश्फिकर रहिम र बलिङमा मुस्ताफिजुर रहमान चम्केपछि पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगलादेश एसिया कपको फाइनलमा पुगेको छ । यससँगै पाकिस्तानको यात्रा भने सुपर फोरबाटै टुंगिएको छ ।

बुधबार राती भएको सुपर फोरको अन्तिम खेलमा २ सय ४० रनको लक्ष्य पक्ष्याएको पाकिस्तान निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा मात्र २ सय २ रन बनाउन सक्यो । खराब सुरुवात गरेको पाकिस्तानलाई शोएब मालिक र इमाम उल हकले सम्हाल्ने प्रयास गरे पनि धेरै लामो समय टिक्न नसक्दा पराजित हुन पुग्यो । पहिलो ओभरको ५ बलमै फखार जमान १ रनमा तथा दोस्रो ओभरको तेस्रो बलमा बाबर आजम १ रनमा पेभिलिएन फर्कंदा पाकिस्तान थप दबाबमा आयो ।

तेस्रो विकेटको रुपमा कप्तान सरफराज अहमद चौथो ओभरमा १० रनमा आउट भएपछि पाकिस्तानले हारको संकेत देखाएको थियो । एक समय पाकिस्तान ४ ओभरमै १८–३ को दयनिय स्थितिमा पुगेको थियो । चौथो विकेटका लागि इमाम र मलिकले ६७ रनको साझेदारी गर्दै केहि आशा दिलाएका थिए । तर मालिक पनि २१ औं ओभरमा व्यक्तिगत ३० रनमा आउट भएपछि पाकिस्तान थप दवावमा आयो ।

छैटौं विकेटका लागि आसिफ अली र इमामले ७१ रनको साझेदारी गर्दै टिमलाई हारबाट जोगाउने गरेपनि त्यो साझेदारी जितको लागि पर्याप्त हुन सकेन । पाकिस्तानले निरन्तर विकेट गुमाउँदा बंगलादेशले खेलमा पकड बनायो । पाकिस्तानका लागि इमामले १०५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ८३ रन बनाए पनि त्यो फाइनल सम्म पुग्नको लागि टिमलाई प्रयाप्त रन हुने सकेन ।

त्यस्तै अलीले ४७ बलमा ३ चौकाको सहयोगमा ३१,शाहीन शाह अफ्रिदी १४,हसन अली र मोहमम्द नवाजले समान ८ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । बंगलादेशलाई फाइनल पुर्याउन मुस्ताफिजुर रहमानले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा २ मेडन राखेर ४३ रन खर्चिदै ४ विकेट लिए । त्यस्तै मेहन्दी सहन मिराज २ विकेट लिदाँ रुबेल हसन,सौम्य सरकार र महामुदुल्लाहले समान १ विकेट लिए ।

त्यसअघि युएईको आबुधावीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश ४८ ओभर ५ बलमा अल आउट हुँदै २ सय ३९ रन बनाउन सकेको थियो । बंगलादेशको पनि सूरुवात भने खराब रहेको थियो । तेस्रो ओभरमा जुनैद खानले फखार जमानको हातबाट क्याच आउट गराउदै सौम्य सरकारलाई शून्यमा पेभिलिएनको बाटो देखाए । दोस्रो विकेटका रुपमा चौथो ओभरमै मोमिनुल हकलाई ५ रनमा गुमाएको थियो । मोमिनुल शाहीन शाह अफ्रिदीको बोल्ड आउटको शिकार भए । त्यस्तै पाँचौ ओभरमा लिटन दास जुनैद खानको बलमा बोल्ड हुँदै ६ रनमा आउट भएपछि बंगलादेश ५ ओभर १२–३ को कमजोर स्थितिमा पुगेको थियो ।

तर चौथो विकेटका लागि मोहमम्द मिथुन र मुश्फिकर रहिमले १ सय ४४ रनको शतकीए साझेदारी नै बंगलादेशलाई जितको बलियो आधार बन्यो । रहिमले ११६ बलमा ९ चौकाको सहयोगमा ९९ रनमा आउट भए । रहिम करियरको ७ औा शतक बनाउन १ रनले चुके । रहिम ४१ ओभर ४ बलमा शाहीन शाह अफ्रिदीले कप्तान शरफराजको हातबाट क्याच आउट गराउदैँ ९९ रनमा पेभिलिएन फर्किएका थिए । मिथुनले ८४ बलमा ४ चौका प्रहार गर्दै ६० रन बनाए ।

बंगलादेशका लागि महामुदुल्लाह २५ , इमरुल कायेस ९,मेहन्दी हसन मिराज १२ र कप्तान मशरफी मुर्तजा १३ रन बनाउन सके । पाकिस्तानको लागि जुनैद खानले उत्कृष्ट बलिङ गरेपनि टिमको जितको लागि एक्लो प्रयास सफल हुन सकेन । उनले ९ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै शाहीन शाह अफ्रिदी र हसन अलीले समान २ विकेट लिदा सादव खानले १ विकेट लिएका थिए । बंगलादेश अब उपाधिको लागि भारतसँग शुक्रबार खेल्ने छ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.