default_image

6 years ago

September 26, 2018

बंगलादेशद्धारा पाकिस्तानसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत,रहिम शतक बनाउन चुके

73 views

0 Bookmark

आबुधावी (एजेन्सी)-युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई २ सय ४० रनको लक्ष्य दिएको छ । युएईको आबुधावीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश ४८ ओभर ५ बलमा अल आउट हुदैँ २ सय ३९ रन बनाउन सक्यो । बंगलादेशको सूरुवात भने खराव रह्यो ।

पहिलो विकेट २ ओभर ५ बलमा जुनैद खानले फकर जमानको हातबाट क्याच आउट गराउदै सौम्य सरकारलाई ० रनमा पेभिलिएनको बाटो देखाए । दोस्रो विकेटका रुपमा २ ओभर ५ बलमा मोमिनुल हकलाई ५ रनमा गुमाएको थियो । हक शाहीन शाह अफ्रिदीको बोल्ड आउटको शिकार भए ।

त्यस्तै ४ ओभर २ बल लिटन दास जुनैद खानको बलमा बोल्ड हुदैँ ६ रनमा आउट भएपछि बंगलादेश ५ ओभर १२–३ को दयनिय स्थितिमा पुगेको थियो । तर चौथो विकेटका लागि मोहमम्द मिथुन र मुश्फिकर रहिमले १४४ रनको शतकीए साझेदारी गर्दै बंगलादेशलाई संकटबाट विशाल योगफतर्फ बढाए । शतक बनाउन मात्र एक रनले चुकेका रहिमले ११६ बलमा ९ चौकाको सहयोगमा ९९ रनमा आउट भए ।

रहिम ४१ ओभर ४ बलमा शाहीन शाह अफ्रिदीले कप्तान शरफराजको हातबाट क्याच आउट गराउदैँ ९९ रनमा पेभिलिएन फर्काए । मिथुनले ८४ बलमा ४ चौका प्रहार गर्दै ६० रन बनाए । बंगलादेशका अन्य महामुदुल्लाह २५ , इमरुल कायेस ९,मेहन्दी हसन मिराज १२ र कप्तान मशरफी मुर्तजा १३ रन बनाए ।

पाकिस्तानको लागि जुनैद खानले उत्कृष्ट बलिङ गरे । उनले ९ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै शाहीन शाह अफ्रिदी र हसन अलीले समान २ विकेट लिदा सादव खानले १ विकेट लिए । आजको विजेता टोली फाइनलमा प्रवेश गर्ने छ । भारत यस अघिनै फाइनल पुगि सकेको छ । फाइनल असोज १२ गते हुने छ ।

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

Success

Thank you for your time.