default_image

6 years ago

September 26, 2018

एसिया कप : फाइनल पुग्न पाकिस्तान र बंगलादेश भिड्दै

92 views

0 Bookmark

एजेन्सी – युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा आज बंगलादेश र पाकिस्तान खेल्दैँ छन् । खेल नेपाली समय अनुसार बेलुका ५ : १५ मा युएईको आबुधावीमा हुने छ ।

गर वा मरको स्थितीमा रहेको आजको खेल दुबै टिमलाई जित्नै पर्ने दवाव रहेको छ । विजेता टोली फाइनमा पुग्ने छ भने पराजित टोलीको एसिया कपमा सुपर फोरमै यात्रा सकिने छ । आजको खेल दुबै टोलीलाई सेमिफाइनल सरह हुने छ । सुपर फोरमा ३ खेलमा २ मा जित र १ का बराबरीका साथ ५ अंक जोड्दै भारत शिर्ष स्थानमा रहदैँ फाइनलमा पुगि सकेको छ ।

समान दुई खेलमा समान १ खेलमा जित निकालेको पाकिस्तान नेट रन रेटका आधारमा २ अंकका साथ दोस्रो र बंगलादेश समान अंकका साथ तेस्रो स्थानमा रहेको छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हारका साथ १ अंक जोडेर पुछारमा रहदैँ सुपर फोरबाटै बाहिरि सकेको छ ।

सुपर फोरमा पाकिस्तान भारतसँग ९ विकेटले पराजित हुदाँ अफगानिस्तानलाई ३ विकेटले हराउँदै फाइनल यात्रा जिवितै राखेको थियो । त्यस्तै बंगलादेश भारतसँग ७ विकेटले पराजित हुदाँ अफगानिस्तानलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै फाइनल यात्राको आसा जिवितै राखेको थियो । समुह चारणमा हङकङलाई ८ विकेटले पराजित गर्दा भारतसँग ८ विकेटले पराजित हुदैँ पाकिस्तान समुह ए को उप विजेता बनेर सुपर फोरमा स्थान बनाएको थियो ।

यता अफगानिस्तानसँग १३६ रनको फराकिलो अन्तरले पराजित हुदाँ श्रीलंकालाई १३७ रनको फराकिलो अन्तरले विजयी हुदैँ समुह बी बाट उप जितेता बनेर बंगलादेशले सुपर फोरमा स्थान बनाएको हो । जारी एसिया कपमा हसन अलि,मोहमम्द अमिर, फकर जमान जस्ता मुख्य खेलाडी चन्ल नसक्दा पाकिस्तानले सोचे जस्तो प्रर्दशन गर्न सकि रहेको छैन ।

समुह चरणमा श्रीलंकासँग खेल्दा बंगलादेशका भरपर्दा तथा ओपनर तमिम इकवालको हात भाचिएपछि बंगलादेश ब्याटिङमा केहि कमजोर देखिएको छ । इकवाल बंगलादेशबाट वान डे खेलमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । फाइनल खेल असोज १२ गते हुने छ ।

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

Success

Thank you for your time.