default_image

6 years ago

September 25, 2018

अफगानिस्तानले भारतलाई दियो २ सय ५३ रनको लक्ष्य,सहजादको शतक

69 views

0 Bookmark

युएई (एजेन्सी)- ओपनर मोहम्मद शहजादले उत्कृष्ट शतक प्रहार गरेपछि युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा अफगानिस्तानले भारतलाई २ सय ५३ रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्ताने निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५२ रन बनाउन सक्यो ।

अफगानिस्तानका लागि ओपनर सहजाद र जावेद अहमदीले उत्कृष्ट सुरुवात गरे । सहजाद आक्रमक खेल्दा जावेद रक्षात्मक खेलेका थिए । पहिलो १० ओभरमा यी दुई जोडीले ६३ रन बनाउदै भारतीय बलरलाई पूर्ण रुपमा दबाबमा राख्ने काम गरे । पहिलो विकेटका रुपमा अहमदी १२ ओभर ४ बलमा ५ रन बनाएर खेली रहेको अवस्थामा रविन्द्र जडेजाको बलका महेन्द्र सिंह धोनीको स्टिमपिङको सिकार भए ।

त्यसपछि दोस्रो विकेटका रुपमा रमात शाह १४ ओभर ४ बलमा जडेजाकै शिकार हुदैँ ३ रनमा पेभिलिएन फर्किए । त्यस्तै १५ ओभर २ बलमा हस्मतुल्लाह शाहिदी र ३ बलमा कप्तान अस्गर अफ्घानीलाई कुलदीप यादवले ० रनमा पेभिलिएन फर्काएपछि भारत खेलमा फर्किको थियो । भारतीय बलर सामु खुलेर खेलेका सहजादले १ सय१६ बलमा ७ छक्का र ११ चौका प्रहार गर्दै १ सय २४ रनमा आउट भए ।

सहजाद ३७ ओभर ५ बलमा केधार जाधवको बलमा दिनेश कात्तिकको हातबाट क्याच आउटको शिकार भए । त्यस्तै सातौ विकेटका लागि महोमम्द नाबी र नजीबुल्ला जद्रान ७ ओभरमा ४६ रनको महत्वपूर्ण साझेदारी गर्दै अफगानिस्तानलाई विशाल योगफल तर्फ डोर्याए । भारतीय बलर सामु महोम्मद नाबी पनि खुलेर आक्रमक ब्याटिङ गरे ।

नाबीले ५६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६४ रनमा आउट भए । अफगानिस्तानका अन्य ब्याटम्यान जद्रान २०, गुल्बदीन नाइब १५,अफ्तब आलम २ र रसिद खानले १२ रनमा नट आउट रहे । भारतका लागि रविन्द्र जडेजा ३,कुलदीप यादव २ लिदाँ केधार जाधव,खलील अहमद र दिपक चाहरले समन १ विकेट लिए । यद्यपी आजको खेल प्रतिष्ठाको लडाई मात्र हुने छ । भारत फाइनलमा पुगि सकेको छ भने अफगानिस्तान सुपर फोरबाटै बाहिरि सकेको छ ।

March 12, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

Success

Thank you for your time.