default_image

6 years ago

September 25, 2018

एसिया कप क्रिकेट : आज भारत र अफगानिस्तान खेल्दै

98 views

0 Bookmark

एजेन्सी – युएईमा जारी सुपर फोरको पाँचौ खेलमा उपाधिको प्रमुख दाबेदार भारत र अफगानिस्तान भिड्दै छन् । खेल प्रतिष्ठाको लडाइ मात्र हुने छ । भारत फाइनल प्रवेश गरि सकेको छ भने अफगानिस्तान सुपर फोरबाटै बाहिरि सकेको छ ।

खेल नेपाली समय अनुसार बेलुका ५ : १५ बाट युएईको दुबईमा सुरु हुने छ । अफगानिस्तान सुपर फोरबाटै बाहिरिए पनि जारी एसिया कपमा प्रर्दशन भने सानदार रह्यो । अफगानिस्तानले समुह चरणमा बंगलादेशलाई १३६ र श्रीलंकालाई ९१ रनले पराजित गर्दै समुह ‘बी’को विजेता हुदैँ फुपर फोरमा प्रवेश गरेको हो । फुपर फोरमा कडा टक्कर दिएपनि अन्तिम ओभर झिनो अन्तरले पराजित हुँदा फाइनल यात्रमा पुणविराम लागेको हो ।

सुपर फोरमा पाकिस्तानसँग ३ विकेट र बंगलादेशसँग ३ रनले पराजित भएपछि सुपर फोरबाटै घर फर्किनु परेको हो । समुह चरणमा हङकङसँगको प्रर्दशन पछि नराम्रोसँग झस्केको भारतले उत्कृष्ट प्रर्दशन गरि रहेको छ । हङकङसँग हारको नजिक पुगेको भारतले अन्तिममा कठिन जित निकालेको थियो । भारत २६ रनले विजयी भएको थियो । त्यस्तै समुह चरणमा पाकिस्तानलाई ८ विकेटले पराजित गर्दा सुपर फोरमा बंगलादेशलाई ७ र पाकिस्तानलाई ९ विकेटले पाखा लगाउदै एक खेल अगाडीनै फाइनल यात्रा तय गरेको थियो ।

अब बुधबार हुने पाकिस्तान र बंगलादेशबीचको विजेता टोली उपाधिको लागि भारतसँग असोज १२ गते भिड्ने छ ।

September 21, 2024

विशाल लक्ष्य पछ्याउँदै बंगलादेश

एजेन्सी – शुभमन गिल र रिषभ पन्तको शतक सहयोगमा भारतले बंगलादेशलाई पहिलो टेस्टको विशाल लक्ष्य दिएको छ । दुई टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । चेन्नईमा जारी टेस्टमा भारतले बंगलादेशलाई जितका लागि ५ सय १५ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले ४ विकेटमा २ सय ८७ रन बनाउँदै इनिङ समाप्तीको […]

September 21, 2024

चापाकोटमा वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

सुनिल न्यौपाने,स्याङ्जा स्याङ्जाको चापाकोट नगरपालिकामा यसै महिना वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ।  चापाकोट नगरपालिकाको संरक्षण र श्री सामुदायिक बालचेतना सामुदायिक कार्यक्रम चापाकोट १० स्याङ्जाको आयोजनामा प्रतियोगितामा असोज १८ गते सुरु हुने बताइएको छ। प्रतियोगिताका संयोजक सागर पंगेनीले वडा भित्र सदभाव बढाउनुका साथमा क्रिकेट खेलको विकास र खेलप्रति आकर्षक प्रतियोगिता आयोजना गर्न लागेको बताए। चापाकोट ९ सुन्तलीटारस्थित […]

September 21, 2024

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानलाई एतिहासिक सफलता

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ । अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो […]

Success

Thank you for your time.